‘राष्ट्रको गरिमाको लागि मसिहा बन’

नेतृत्वपंक्ति मनुष्यको आशाको दिप बनेर आउ । सपनालाई मुर्त?प दिने शिल्पकार बन । भविष्यका बारेमा चिन्तानगर बरु वर्तमान तर्फ ध्यान देउ । विकृति बेहोसिमा नगर । छलछन्दमा धारीमा कर्म पनि नगर । अहङ्कारलाई त्याग । थोरै मानिसको वैभवको लागि धेरै मानिसको गौरब नछिन । यो देशको शौभाथ्य हुनेछ । सुन्दर बगैंचामा आन्द र प्रेमले सुवासित भएर हामी बाँच्ने छौं ।

लिच्छिविकाल स्वर्णकाल थियो । आज देशको हालत, नेतृत्वकर्मीका आदतबाट हामीलाई अनुभव वा महसुस हुन्छ कि, हामी दुःखी र निराश छौं । राज्यको खजाना खाली हुँदैछ । राष्ट्रको नक्सा खुम्चदै छ । यसर्थ स्वतन्त्रताका अर्थ कसैको दासता हैन । एक विभ्रम या भ्रन्तिको राजनितिमा देश रुमलिएको छ । हामी अनिद्रामा भएपनि हाम्रो चेतना निद्रामा छ । हामी देशको कुरुप राजनीति देखिरहँदा बेहोसी निद्रामयमा झैं छौं । जसले चारैतिर प्रभाव पार्दै सत्यलाई छिचुल्दै असत्य अगाडि दौडदै छ । गुरुतुल्य, पालक, नेतृत्वकर्मीका दृष्टिगोचर चुनाव, सत्ता, धन र वैभवमा गएर टिक्छ ।

जसले गर्दा जनताप्रति आत्माश्लाघ र आत्माघातले जन्मलिएको छ । बहिरङ्गी कठिनाइले देश जन घेरिदैछ । कछुवाको तालमा भौतिक विकास, भ्रष्टाचार खच्चरको तालमा सर्पट । अजिङ्करले झै भारतले देश निल्दैछ । यहाँ अनौठा अनौठा छद्यखोर राजनीति कर्मीको राजकाज छ । हुन त प्रत्येक राजनीतिक अभियानका उद्देश्य या त संरक्षण हो या परिवर्तन । हामी संरक्षणको पक्षपोषण हुन्छौं भने पतनोन्मुख परिवर्तनको भिषण प्रतिरोध गर्नुपर्छ । यदि हामी परिवर्तनका इच्छुक हुन्छौं भने अति राम्रो चिज समृद्धिलाई प्राप्त गर्ने अभिलाशा, चाहना, इच्छा र कर्म गर्नु पर्छ । हाम्रो अभिरुचि वैज्ञानिक हुनुपर्छ । खोज बुद्धिले गर्नु पर्छ । अव्यप्ति या अतिसंकीर्ण मनोवेगले न हामी सफल हुनेछौं । न देश बन्नेछ । हामी दलिय राजनीतिको चपेटामा परेका छौं । समाजवाद र साम्यवाद । मौलिक, आर्थिक र राजनीतिक परिवर्तनका समर्थक, काँग्रेसका रुढिवादी नेताका कट्टर आलोचक कम्युनिष्ट छन । सबै कम्युनिष्ट भौतिक, आर्थिक, राजनितिका समर्थक ।

यसको अर्थ यो हो कि काँग्रेसका रुढिवादी नेताका सबै कट्टर आलोचक कम्युनिष्ट छन् । दुवै दलका व्यवहार चरित्र आदत हताशामा पुलपुलिएको छ । हताशाले आक्रमण भावको तर्फ लगिरहेको छ । यो दलिय प्रणालीले व्यक्ति, समाज विभाजित छ । राजनैतिक दलको आधारमा हाम्रो समाजमा विभाजन स्पष्ट देखिन्छ । विभिन्न प्रान्त धर्म, जाति तथा क्षेत्रका मानिस आ–आफ्नो पार्टीको झण्डामुनि गोलबद्ध छन् । राजनीतिक सत्ता प्राप्त गर्नका लागि क्षेत्रवाद, जातिवाद, सम्प्रदायवाद, प्रजातिवादको बोलवाला छ ।

यस्तो अवस्था प्राय उच्चरुपमा निर्वाचनको समय देखा पर्छ । चुनाव पश्चात विभाजन सामान्य रहन्छ । कति मानिस जनमतलाई सामान्य ठान्छन तर जनमतको विशिष्ट स्थान छ । जनमत द्वारानै परिवर्तिनको प्रकृया निर्देशीत गर्छ । जनमतलाई एक यस्तो सामाजिक शक्ति मानिएको छ । जो व्यक्ति समूहका व्यवहारलाई व्यस्थित, नियत्रित तथा परिवर्तन गर्ने शक्तिलाई ओतप्रोत गर्छ । जनमत त्यो अस्त्र हो जो जब जस्तो चाहे दिशामा अपेक्षित परिवर्तन ल्याउनमा क्षमता राख्दछ । हरेक पाँच वर्षमा हुने चुनाव प्रकृया सत्ता परिवर्तनको मागका अप्रत्यक्ष आधार हो । निर्वाचन लोकतन्त्रको मे?दण्ड हो । राजनितिको मुटु जनमत हो । जनमत नभए कसैको राजनिति जीवन्त रहन सक्दैन । जब कुनै देशमा विशिष्ट घटना घट्ने गर्छ । चाहे धर्मवाद, भ्रष्टाचारवाद, निरंकुशवाद, आतंकवाद अराष्ट्रवाट होस यसको निर्मुलिकरण गर्ने जनशक्ति र जनमत नै हो ।

तर जनमतको यहाँ अनादर छ । जनमत एक शिल्पकार तथा चित्रकार हो भने इतिहासकार पनि हो । नेतृत्वको प्रतिष्ठा, सत्तामा जोपिडएको शक्ति तथा तत्कालिन लाभका मान्यताका कारण राजनितिक भ्रष्टाचारका जन्म हुनगएको छ । स्वार्थमय राजनीतिमा बहुचर्चित दलबदल कुरितिका घटना पनि देख्न र सुन्न पाइन्छ । जलिल व्यक्तिह? उपेक्षित हुन्छन् तर राजनीतिलाई उपेक्षा गर्नु हुँदैन । राजनीति त वास्तवमा स्वयंमा एक नितिगत धारणा हो । अतः यसको सत् सदुपयोग हुनुपर्छ । दुरुपयोग होइन । यदि कुशल नेतृत्व तथा सक्षम शासनको व्यवस्था भए समाजलाई उत्थान तथा विकासमा पूर्णतः नियोजित रुपमा गर्न सक्छ । देश विकासको रुप रेखा केवल राज्य सत्ता अथवा नेतृत्वद्वारा नै निर्धारित गर्न सकिन्छ । रुस, चिन, जापान, अमेरिका फ्रान्स बेलायत सक्षम नेतृत्वका उदाहरणीय पक्ष हुन । राज्यप्रति निष्ठा, सत्ताप्रति विश्वास तथा नेतृत्वका असल कर्मले वर्ग तथा समूहमा एकात्मकताका भाव विकसित हुन्छ ।

तर हाम्रो देशमा राष्ट्र भन्दा व्यक्तिगत र पार्टीगतले प्रधानता पायो । राष्ट्रप्रति गैर जिम्मेवार राजनीति छ । काँग्रेस र कम्युनिष्ट बिच कलुसीत द्वेयसको भावनाले लाल्छनाको छौवार छ । एक आपसमा चरित्रहरण मिथ्या आरोप । देशभक्ति भन्दा दलभक्तिको पक्षघात छ । केवल चुनावमा गणितात्मक ध्वनि गुन्जनन्छ । पक्ष प्रतिपक्ष यि दुवै दलका नेतृत्वकर्मीलाई सत्ताको मद?पी विषले छोएको छ । यि राजनीतिकर्मीबाट सिमाअतिक्रम, भ्रष्टाचार, अनियमिता तथा कुरितिबाट “देश बचाऔं” आन्दोलन हुन सक्दैन । देशमा भएका दल राष्ट्रका खातिर एक हुन पनि सक्दैनन ।

नेपाल भूमि अतिक्रमण हुँदैछ । सवैदलका नेतृत्वकर्मी राष्ट्रका लागि एकात्मक रुपले एक हुनुपर्नेछ । एकात्मले अघि बढ्नुपर्छ । तब राष्ट्रवादी आन्दोलनको राजनितिमा श्रद्धा, भक्ति, समर्पन, विश्वास, आपसमा सशक्त बन्धन अटुट सम्बन्धका धारणाले बल पकडछ । देशमा भएको भ्रष्टाचार निर्मुलिकरण सिमाअतिक्रमण विशेषत बचाउने विशिष्ट नेतृत्वकर्मीको विशेषदायित्व हो । राष्ट्रका राजनीतिकर्मीको ध्यान ज्ञान चुनाव सत्ता र धनमा केन्द्रीकृत छ । तर राष्ट्रवादी आन्दोलन हुन सकेन । राष्ट्रवादी आन्दोलन त्यो हो । राष्ट्रको स्वतन्त्रता, सम्प्रभुता, राष्ट्रिय एकता, राष्ट्रियस्वाधिनता राष्ट्रिय संगठन, विदेशी चंगुलबाट राष्ट्रलाई स्वतन्त्र गर्ने प्रयास, आफ्नो राष्ट्रमा भएका भ्रष्टाचार कुरिति जस्ता व्याप्त नराम्रा कामका समाप्ती गर्ने सम्बन्धि आन्दोलन राष्ट्रवादी आन्दोलन हुन ।

बडप्पन, दिवास्वप्ना, विभ्रम, भ्रान्त बिचार फलाकेर कसैको राजनीतिक जीवन सर्वसुन्दर र सुसफल हुँदैन । सुस्ता, कालापानी लिपुलेकमा विस्तार वादीको रजाइ छ । भारतले नेपाली भूमि अतिक्रमण गरेको भोगेर देखेर सुनेर देशवासीलाई दुःख छ, छटपटिछ । देशप्रेमको भावनाले मनोवैज्ञानिक ?पले पिडा छ । भने नेतृत्व प्रति विकर्षण पैदाहुँदैछ । गैर जिम्मेवार आचरण हिन, दायित्वबोध नभएको कुनैपनि व्यक्ति बोल्छ एउटा गर्छ अर्को । अब उनका कुनै महत्व छैन । जसले निचतापूर्वक मानवीय दायित्व ढुकराउछ, अन्तमा उसैको अन्त हुन्छ । देशको लागि गर्ने बाचुन्जेल हो कति योगी, सन्यासी भन्ने गर्छन मृत्यु जीवनको पूर्णता हो । तर मेरो चेतनाले भन्छ मृत्यु जीवनको अन्त हो । बाचुन्जेल समाज र राष्ट्रको लागि सुयोग्य कर्म गर्नु पर्छ । जीवन मृत्यु जन्य छ । राष्ट्र अजम्मरी, अमृत्युजन्य हो । अशल कर्म गरे केवल नाम मात्र रहने हो । आधुनिक युगले राष्ट्रका नेतृत्वकर्मीलाई नियालि रहेको छ ।

देशले आशालिएको छ । जनमनले भरोसा गरेको छ । तर राजनीतिकर्मीबाट असत्यको लागि सत्यको बलिदान गरिदैछ । धनिबन्ने होडमा, भयाभव स्थिति अस्तव्यस्त लथालिंग छ । काँग्रेस र कम्युनिष्ट नेतृत्वका बेडौलपनले देश कंगाल बन्दैछ । संविधान विपरित काम गर्ने नवधनाढ्य बन्दैछन् । गुलामी भोगेको भारतले पबित्र नेपालमा गिद्दे नंग्रा गडदै छ । यि विपी र पुष्पलालका शिर्ष अनुयायिहरुले मानव सभ्यता र संस्कृति त के प्रकृति बचाउनपनि गाह्रो छ । हामी भने भय त्रास गरिबिमा बाच्नुछ यो हाम्रो र देशको दुर्भाग्य हो । इतिहासले यस्तो परिवर्तन खोजेको होइन ।

हामीलाई देशको रक्षा, शान्ति र समृद्धिको चाहना छ । राष्ट्रका खातिर देशका सम्पूर्ण पार्टी एक हुनुपर्दछ र एक राष्ट्रिय संगठन निर्माण गर्नुपर्छ । सार्वभौम सम्प्रभुता स्वाधिनता राष्ट्रियताको सवालमा एकात्मक रुपले अघि बडोस् । राष्ट्रिय झण्डा उचालि नेतृत्वपंक्ति लिपुलेक तर्फ अघिबढे । हामीपछि लाग्न तत्पर छौं । “नभाग जाग” राष्ट्रको गरिमाको लागि मसिहा बन । मातृभूमिको रक्षा गर । मातृभूमिमा दुश्मनले पाइला टेक्यो । जुलुस नारावाजी गरेर केही हुने छैन । पुत्तलाजलायर पनि हुने केही हैन । नोकरशाही हाम्रा अगतिला नेताबाट नयाँ पुस्ताले समेत दुख पाउनेछन् । भ्रष्टाचारको महामारीले हामी सिकिस्त छौं ।

त्यसैमा दुश्मनले नेपाल भूमि अतिक्रमण ग¥यो । नेपाल आमाको छातिमा भारतिय तैनाथ सेनाले परेड खेल्दैछ । बुट बजारर्दैछ । नेपाल आमाको अपमान गर्दैछ । भारतले कुटनिति पहलमा महत्व दिनेछैन । नअतिक्रमित भूभाग छोडनेछ । न कालापानी लिपुलेकमा तैनाथ सेना हटाउने छ । भारतीय हेपाहा रबैयाले हामीमा पिडा र आक्रोस छ । मातृभूमिको माटो सिमा अतिक्रमण हामी सहन सक्दैनौं । जीवन एक युद्धको अतिरिक्त अरुकेही रहेको छैन । हामीले देखाउनुछ नालापानीको बहादुरी बिर बलभद्र जस्ता विरंगनाका विरत्व । जुन आधुनिक युगले देख्न र सुन्न सकोस् ।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस