सर्वाधिक पुरस्कार रासीको दोश्रो हिरा डाँगी स्मृति कप फुटबल सुरु, टरिगाउँको बिजयी सुरुवात

तुलसीपुर । दाङ तुलसिपुरको अरनिको मैदानमा आज सोमबारदेखि दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य माननीय प्रचण्ड बिक्रम न्यौपानेले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै न्यौपानेले राष्ट्रको सान र गौरवलाई उच्च राख्ने एक मात्र दरिलो माध्यम खेलकूद भएको बताए ।

खेलकुद राष्ट्रको पहिचान हो, विश्वसामु राष्ट्रलाई चिनाउने माध्यम खेलकूद नै हो तर राज्यले खेलकूद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो हुन सकेको छैन उनले भने । अब हामी खेलकुदको बिकासमा जुट्नु पर्ने समय आएकोछ देशका राजनीतिक दल सरकार बनाउने र ढलाउनेमा लिप्त हुँदा खेलक्षेत्र ओझेलमा परेको उनको धारणा थियो । आथै उनले स्थानीय स्तरको खेलकुदको बिकासका लागि आफू लागि पर्ने प्रतिवद्वता समेत ब्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले खेलकुद स्वस्थ, अनुशाशित नैतिक चरित्रवान नागरिक उत्पादन गर्ने थलो भएको बताए । अनुशासनको उच्च पालना गर्दै यसको आदर्शलाई आत्मसात गर्न पनि उनले आग्रह गरे । साथै उनले फुटबल बिकासका हरेक गतिविधिमा संघ सहकार्य गर्न सदैव तयार रहेको बताए । फाउन्डेसनका अध्यक्ष पोखर सिह डाँगीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा फाउन्डेसनका संरक्षक मान बहादुर डाँगी, युवा परिषद् दाङका अध्यक्ष ऋषि राज लहरे अरुण लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

फाउन्डेसनका सचिव केशव चौधरी मिग्माको स्वागत रहेको कार्यक्रमको संचालन फाउन्डेसनका सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैबिच प्रतियोगिता अन्तरगत आज सम्पन्न उद्घाटन खेलमा टरिगाउँ युवा क्लब तुलसीपुर १२ टरिगाउँले बिजयी सुरुवात गरेको छ । बडहरा फुटबल क्लब घोराहीलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै टरिगाउँले बिजयी सुरुवात गरेको हो ।

उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको १२औ मिनेटमा टरिगाउँका जर्सी न ९ का ब्रीजेश बिष्टले पहिलो गोल गर्दै टिमलाई एक शुन्यको अग्रता दिलाए भने ७३ औ मिनेटमा जर्सी नं. १० का सन्जु सेन ठकुरीले थप गोल गर्दै टिमलाई दुई शुन्यको जित दिलाउन सफल भए । खेलको म्यान अफ म्याच जर्सी नं. ११ सुजन राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगीता अन्तरगत भोलि मंगलवार एसएसएफ र फोरब्रदर्श नवलपरासी भिड्नेछन् । खेल दिउँसो साढे दुई बजे देखि सुरु हुनेछ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु(याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहको छ । प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वाेत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वाेउत्कृट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्र्फि र प्रमाणपत्र हात पार्ने छन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस