उपमेयर चौधरीद्वारा आँखा उपचारको लागि सहयोग
दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले आँखाको उपचारको लागि व्यक्तिगत रुपमा सहयोग गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका १४ का प्रेम बहादुर वलीलाई आँखा उपचारको लागि व्यक्तिगत रुपमा सोमबार २० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।
वलीको एउटा आँखामा पहिले नै समस्या थियो, भने अर्को आँखामा क्यान्सर भएपछि दृष्टि विहीन भएका छन् । वलीको आँखाको उपचारमा धेरै रकम खर्च भइ सकेको हुँदा र उनको उपचारमा केही मद्दत पुगोस् भनेर आफूले २० हजार रुपैयाँ सहयोग गरेको उपमेयर चौधरीले बताइन । उक्त रकम वलीका छोरा भुवन वलीलाई उपमेयर चौधरीले हस्तान्तर गरेकी थिइन ।
प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

