तुलसीपुर उपमहानगरको प्रवक्तामा वली चयन
दाङ । तुलसीपुर उपमहानगरपालिकाको प्रवक्तामा माधव वलीलाई चयन भएका छन् । बिहीबार बसेको उपमहानगरको दोस्रो नगर कार्यपालिका बैठकले वलीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
वली तुलसीपुर उपमहानगरपालिका १८ का वडाध्यक्ष हुन् । मेयर टिकाराम खड्काको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विषयगत समितिहरू पनि गठन गरको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

