नेपालमै बन्यो बाहुबलीलाई टक्कर दिने चलचित्रको गीत

दाङ। चलचित्र चिरागको टाईटल गित सार्वजनिक भएको छ । आगामी मंसिर ५ गतेलाई चलचित्र प्रदर्शनी मिती तय भएसँगै आज टाईटल सङ्ग सार्वजनिक भएको हो । करिब डेढ करोड लागतमा निर्माण गरिएको चलचित्र चिरागको म फुल बनि फुल्थे, तिमी गगन भए बोलको गित आज सार्वजनिक भएको हो ।

उक्त गितमा स्वामी त्यागमूर्ति र सङ्कला गौतमको अभिनय रहेको छ । भिएफएक्स अर्थात सिजीआई प्रबिधीमा निर्माण गरिएको उक्त गितको भिडियोले साउथ चलचित्र बाहुबलीको गितको भिडियो भन्दा कम नभएको निर्माण टिमले दाबी गरेको छ ।

चलचित्रमा त्यागमूर्तिलाई मुख्य भुमिकामा देख्न सकिने छ । त्यस्तै चलचित्र चिरागमा त्यागमुर्तिका अलावा शुसिल पोखरेल, प्रज्ञा जोशी, दामोदर भण्डारी अर्थात सापटि काका, सुवास गजुरेल, संकला गौतम, मनोज कुमार आचार्य, नरेश प्रसाद भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।

सामाजिक कथावस्तुमा आधारित चलचित्रमा बाझोपन तथा अन्य समुदायप्रतिको बिभेद चित्रण गरिएको चलचित्रका मुख्य सहायक निर्देशक मनोज कुमार आचार्यले जानकारी दिए ।

त्यगमुर्तिको लेखन, निर्देशनमा निर्माण भएको चलचित्रको मुख्य सहायक निर्देशकमा मनोज कुमार आचार्य रहेका, त्यस्तै नरेश भट्टको सह लेखन रहेको छ । संकला गौतम, त्यागमुर्ति र भट्टको निर्माणमा चलचित्र तयार पारेर टिम प्रचारप्रसारमा जुटेको सह निर्देशक आचार्यले बताए ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस