सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध नेपालले ऐतिहासिक जित निकालेको छ। शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको खेलमा नेपालले १–० जित निकालेको हो । नेपालको जितमा जिलस्पीजंग कार्कीले निर्णय गोल गरे । उनले खेलको १२औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरविरुद्ध निकालेको यो पहिलो जित हो । यस्तै, म्याट रोसको प्रशिक्षणमा नेपाली टिमको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

नेपालले अब एसियन कप क्वालीफायरमा मलेसियाविरुद्ध खेल्नेछ । यो खेल मार्च २५ मा मलेसियाकै मैदानमा हुनेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस