सुध्रिएन नेपाली महिला क्रिकेटको फिल्डिङ, नेदरल्याण्डसँग १० विकेटले पराजित

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी-२० आई सिरिजमा नेपाली महिला क्रिकेटको टोलीले कमजोर फिल्डिङका कारण आफ्नो पाँचै खेल पनि गुमाउन पुगेको छ । कीर्तिपुरस्थित त्रियु खेलमैदानमा जारी प्रतियोगितामा बुधबार नेदरल्याण्डसँग १० विकेटको फराकिलो अन्तरले पराििजत हुन पुगेको हो ।
नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा नट आउट ४८ रन जोडिन् ।