सर्वाधिक राशिको फुटबल प्रतियोगिता सुरू

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ को आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ । शनिबार राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीले खेल उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा प्रमुख अतिथि वलीले खेल नै समृद्धिको आधार भएको बताईन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, निबर्तमान नगर प्रमुख टिकाराम खड्का, अधिकारकर्मी शुष्मा लामिछानेलगायतले मन्तब्य ब्यक्त गरेका थिए । तुलसीपुरका १९ वटै वडाका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि भएका छन् ।
खेल २६ गतेसम्म आयोजना हुन लागेको हो । वडाले युथ्स अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै सर्वोत्कृष्ट एक जना खेलाडीले नगद ८ हजार, उत्कृष्ट गोल्किपर १ जनाले नगद ५ हजार, सर्वाधिक गोलकर्ता १ जनाले नगद ५ हजार, उत्कृष्ट गोल रक्षक १ जनाले ५ हजार, उत्कष्ट मध्यपंक्ति खेलाडी १ जनाले ५ हजार, उत्कृष्ट प्रशिक्षक १ जनाले ५ हजार र म्यान अफ दि म्याच प्रति खेल एक जनाले नगद १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल नकआउट चरणका आधारमा खेलाइएको छ ।
खेलकूद क्षेत्र भनेको राष्ट्रलाई चिनाउने क्षेत्र भएकाले पनि खेलको विकासकालागि यस्तो कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष दुजमान भण्डारीको भनाई छ । उनले बिभिन्न प्रायोजकहरुको सहयोगमा उक्त कार्यक्रम हुन लागेको जानकारी दिए ।
उद्घाटन खेल तुलसीपुर उपमहानगरपालिका वडा नं.४ र ६ बीच खेल भएको छ । साथै खेलाडी र रेफ्रीको बीमाको समेत ब्यबस्थापन गरिएको छ । अरनीको मैदानमा खेल भएको छ । जहाँ वडाले स्कोर बोर्ड समेत राखेको छ । स्कोर बोर्ड वडाले सोही मैदानमा सधैकालागि राखिदिने भएको छ।