गुरुकुल एकेडेमी र लुम्बिनी फुटबल बिच साझेदारी सम्झौता

 घोराही  । गुरुकुल एकेडेमी र लुम्बिनी फुटबल एकेडेमी घोराही बिच साझेदारी सम्झौता भएको छ । दुबै संस्था बिच आपसी समझदारीमा सम्झौता पत्रमा राखिएका शर्तहरू पालना गर्ने सहमति गरिएको छ । दुई समूह बीच शैक्षिक तथा खेलकुद क्षेत्र विकासको लागि टेवा पु¥याउने उद्देश्यले भएको हो ।सम्झौतापत्रमा गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसी  र लुम्बिनी फुटबल एकेडेमीका निर्देशक समिर वलीले हस्ताक्षर गर्नुभएको छ।

साझेदारी सम्झौता दुबै संस्थाको लगानी हुने गरी गरिएको छ । फुटबल र खेलाडीको प्रबर्द्धन गर्ने , उच्च स्तरीय कोचिङ तथा तालिमको अवसरहरू प्रदान गर्ने , दुबै संस्थाको सम्बन्ध सुधार गर्ने लगायतका उद्देश्य राखेर सम्झौता गरिएको गुरुकुल एकेडेमी घोराही प्रधानाध्यापक डाक्टर कृष्णराज डिसीले जानकारी दिए । गुरुकुल एकेडेमीले फुटबल खेलको लागि आवश्यक बिभिन्न खेल सामग्रीहरू, आवश्यकता अनुसार यातायातको सेवा प्रदान गर्ने गरी हस्ताक्षर भएको छ भने लुम्बिनी फुटबल एकेडेमीले तालिकाको आधारमा सर्टिफाइड कोच प्रदान गर्ने , बिभिन्न खेहरुमा गुरुकुलको ब्रान्ड प्रयोग गर्ने तथा बरिष्ठ खेलाडी तथा विदेशी खेलाडीहरूसँग गुरुकुलका विद्यार्थी खेलाडीहरूसँग अन्तरकृया गर्ने गरी हस्ताक्षर गरिको छ ।

सम्झौताले दाङमा खेलक्षेत्रमा नयाँ आयाम थप्ने संस्थाको भनाई छ । अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्ड प्राथमिकताका राखेर कार्य सञ्चालन गर्ने भएको हो । साझेदारी सम्झौताले दुबै संस्थालाई निकै फाइदा पुग्ने प्रमुखहरूको दावी छ । गुरुकुल एकेडेमी दाङ जिल्लाको स्थापित विद्यालय हो ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस