अरनिको मैदान संरक्षणमा तुलसीपुर उद्योग वाणिज्य सङ्घको चासो

दाङ । तुलसीपुरको एकमात्र खेल मैदानको रुपमा रहेको अरनिको मैदानलाई संरक्षण र भौतिक पूर्वाधार निर्माण गर्न तुलसीपुर उद्योग वाणिज्य सङ्घले पहल थाल्ने भएको छ ।दशकौँ देखि विकासको पर्खाईमा रहेको अरनिको मैदानमा आवश्यक पूर्वाधार निर्माण गर्न स्थानीय सरकारका रुपमा रहेको तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको  सङ्घका अध्यक्ष बिनिल केसीले जानकारी दिए  ।

”खेल क्षेत्रमा मेरो पनि रुचि छ बिभिन्न कार्यक्रममा म आफै गएर बोलेको पनि छु,‘ अध्यक्ष केसीले वाणिज्य सङ्घको बैठकमा भने “।शुक्रबार बिहान बसेको  सङ्घको बैठकले खेलाडीहरूलाई समस्या भैरहेको भन्दै  तत्काल अरनिको मैदानमा आवश्यक पर्ने शौचालय, स्टेज र चेनजिङरुम निर्माण गर्न पहल थाल्न महासचिव केशवराज केसीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

सो अवसरमा बोल्ने वक्ताहरूले तुलसीपुर क्षेत्रको व्यवसायिक सुरक्षा, सामाजिक बिकास बिस्तार र सरसफाइमा सहकार्य  गर्दै आइरहेको  सघं ले अरनिको मैदान संरक्षणमा चासो लिनु आफैमा खुसीको कुरा भएको बताएका छन । सो अवसरमा निवर्तमान अध्यक्ष रामप्रसाद चालिसे, पूर्वअध्यक्षहरू विमल रिजाल, बिरु रावत, ब्यबसायि हरु होताराम आचार्य, उपाध्यक्ष नरेशराज भण्डारी प्रेस सल्लाहकार शरद रेग्मी लगायतले व्यसायि हरुका भैपरी आउने समस्यालाई समाधान गर्न आवश्यक तालिम, छलफल तथा परामर्शलाई थप शसक्त पार्नुपर्ने बताएका थिए । बैठकमा कोषाध्यक्ष रूपेश शर्माले आर्थिक प्रतिवेदन र महासचिव केशवराज केसीले आज सम्म संस्थाले गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस