श्रीमतीको उपचारको लागि आर्थिक सहयोग गरिदिन आग्रह

दाङ । सल्यानका लाल बहादुर वलीले आफ्नी श्रीमतीको उपचारको लागि  आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । कुमाख गाउँपालिका २ खारखोला घर भइ हाल तुलसीपुरमा बस्दै आएका लाल बहादुरले आफ्नी श्रीमतीको आन्द्रामा क्यान्सर भएको र बाँकेको नेपालगञ्जमा रहेको क्यान्सर अस्पतालमा शल्यक्रिया गर्ने भएको हुँदा उनले आर्थिक सहयोग गरिदिन  आग्रह गरेका छन् । 

उनका अनुसार  शल्यक्रिया भइसकेको र अस्पतालमा केही महिना  बस्नु पर्ने र औषधि लगायत अन्य कुराहरू पनि किन्नु पर्ने भएकाले आर्थिक अभाव रहेको छ ।  यस्तै आफ्ना दुबै आखाँका दृष्टि गुमेको हुँदा र घरको आर्थिक अवस्था कमजोर भएको हुँदा देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यस्तै उनले सहयोग गर्नेहरूको लागि आफ्नो नाममा रहेको नेपाल बैक लिमिटेडको ०७४०१०००७२०२५६०००००१ खाता नम्बर दिएका छन्, भने ९८६०२०३६२१ नम्बरको सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस