नेपाल साउथ अफ्रिकासँग एक रनले पराजित

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित भएको छ। हारसँगै नेपाल सुपर-८ नपुगी समूह चरणबाटै बाहिरिएको छ। ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको हो।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै अनिल साहले २७ रन बनाए। दक्षिण अफ्रिकाका तबरइज शम्सीले ४ विकेट लिए भने एडन मारक्रम र एनरिच जोर्टजेले समान १–१ विकेट लिए। टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका रेजा हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। यस्तै ट्रीस्टन स्टबसले २७ र कप्तान एडन मारक्रमले १५ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।
प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस