दाङमा बसले अटोलाई ठक्कर दिदा पाँच जना घाइते

दाङ । दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित श्रीगै स्थित राप्ती लोकमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको हो ।
शनिबार अपराह्न पौने ४ बजे बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
घाइते हुनेमा चालक तुलसीपुर ५ निवासी २९ बर्षीय अंकित गुप्ता, सल्यान कुमाख गाउँपालिका ५ निवासी २६ बर्षीया रिता बोहोरा, उनका ६ बर्षको छोरा केशब बोहोरा, सोही ठाउँका १८ बर्षीया कमला बुढाथोकी र सोही ठाृँका १६ बर्षीय छबिलाल बुढाथोकी घाइते भएका छन् । छबिलालको अबस्था गम्भीर छ, भने अन्यको अबस्था सामान्य रहेको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस