एमाले दाङको अध्यक्षमा आचार्य

दाङ । नेकपा एमाले दाङको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार बिहानदेखि जारी बन्द सत्रले शिबकुमार आचार्यको अध्यक्षतामा ११९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै जिल्ला उपाध्यक्षमा यसअघिका सचिव मनोहर बुढाथोकी रहेका छन् भने सचिवमा श्याम डाँगी चयन गरिएका छन् ।

त्यस्तै उपसचिवमा भूवनेश्वर पौडेल र सीता चौधरी चयन भएको एक प्रतिनिधिले जानकारी दिएका छन् । यस्तै अन्य सदस्यहरु रहेका छन । जिल्ला नेतृत्व चुन्न स्थायी कमिटी सदस्य नरुलाल चौधरी संयोजक, केन्द्रीय सदस्य घनश्याम पाण्डे लगाएतका नेताहरु सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । अधिबेशनको जेठ ६ गते महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस