बुद्ध हस्पिटलमा प्रतिष्ठित इन्दिरा आइ.भि.एफ. सँगको सहकार्यमा निसन्तानपन सम्बन्धी निःशुल्क शिविर

दाङ्ग । दाङको घोराही वार्ड नं. १५ स्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा निसन्तानपनको उपचारमा प्रतिष्ठित इन्दिरा आइ.भि.एफ. सँगको सहकार्यमा यही जेठ १२ गते शनिबार निःशुल्क परामर्श शिविर आयोजना गरिएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले बताए ।
नेपाल र भारतमा गरि १२० भन्दा बढी शाखा भएको इन्दिरा आइ.भि.एफ. ले अहिले सम्म १ लाख ५० हजारभन्दा बढी सफल आइ.भि.एफ. गर्भाधान गरिसकेको छ । यसको सफलता दर ७० प्रतिशतसम्म रहेको शर्माको भनाइ छ।
बुद्ध हस्पिटलमा आउँदो शनिबार हुने शिविरमा निसन्तानपनका कारण, उपचार पद्धति लगायत सम्पूर्ण पक्षमा जानकारी प्रदान गरिने छ।
त्यसैगरी यस बुद्ध इनटरनेशनल हस्पिटलमा स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. बिमला तिवारीद्वारा नियमित रुपमा निसन्तानपनको चेकजाँच, उपचार तथा आइ.यु. आइ. सेवा पनि प्रवाह भइरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस