गुजरातलाई हराउँदै नेपालले जित्यो एसएमएस फ्रेन्डसीप कप क्रिकेटको उपाधि

काठमाडौं। नेपालले भारतमा आयोजित एसएमएस फ्रेन्डसीप कप क्रिकेटको उपाधि जितेको छ।

नेपालले आइतबार भएको फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्‍यो। एक सय ७७ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५८ रन मात्र जोड्न सक्यो।

नेपालका अविनाश बोहराले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। प्रतियोगितामा नेपाल तथा भारतको बारोडा र गुजरात टोली सहभागी थिए। नेपाल अब एसिसी प्रिमियर कप खेल्न ओमान प्रस्थान गर्नेछ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस