गुरुकुल एकेडेमीद्धारा साझा टाइम्सलाई खेल सामग्री सहयोग

दाङ । गुरुकुल एकेडेमी घोराहीले साझा टाइम्स प्रा.लि खेलकुद सामग्री प्रदान गरेको छ । घोराही १५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले समाजसंग गुरुकुल भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खेलकुद सामग्री सहयोग गरेको हो ।

साझा टाइम्स प्रालिद्धारा संचालित साझा टाइम्स अनलाइनको चौथो बार्षिक उत्सवको अवशरमा मैत्रिपुर्ण फुटवल खेलको आयोजना गरिएको प्रालिका अध्यक्ष तथा संचालक सुमन केसिले जानकारी दिए । उक्त मैत्रिपुर्ण फुटबल खेलको लागि गुरुकुल एकेडेमीले जर्सि , मेडल लगायत्र सामग्री आयोजकलाई सहयोग गरेको हो ।

पुर्ण मानव बनाउने उद्धेश्यले २०७२ सालमा घोराहीबाट पठनपाठन सुरु गरेको गुरुकुल एकेडेमीले २०८१ सालको शैक्षिक सत्रबाट तुलसीपुर लमहिबाट पठन सुरु गर्न लागेको छ । हरेक क्षेत्रमा सहयोग गर्ने गुरुकुल एकेडेमी खेल क्षेत्र , शैक्षिक क्षेत्र , कला क्षेत्र , संचार क्षेत्र लगायतका बिभिन्न क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस