प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७ सांसद

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत पाएका हुन् ।

मत विभाजन हुँदा कुल २६८ मत खसेकामा  प्रचण्डले  १५७ अर्थात बहुमत प्राप्त गरेको भन्दै सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरे । यस्तै प्रचण्डको  विपक्षमा ११० मत पर्दा एक सांसद तटस्थ रहे । कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस