दाङमा बढ्दै एचआईभी संक्रमित, सवैभन्दा धेरै घोराहीमा

दाङ । दाङमा एचआईभी संक्रमितको संख्या बढ्न थालेको छ । मानवीय लापरवाहीका कारण पछिल्लो समय जिल्लामा एचआइभीको संक्रमण बढ्न थालेको पुष्टि भएको हो । करिव ३र४ बर्षअघि न्यूनीकरण हुन थालेको एचआईभी संक्रमितको संख्या पछिल्लो समय पुन बढ्न थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा एचआईभी संक्रमितको संख्या ४ सय ५ जना रहेको छ । जसमध्ये २ सय १२ पुरुष, १ सय ८७ जना महिला र ६ तेश्रोलिंगी समुदायका संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका नियमित्त प्रमुख डम्बरबहादुर कुँवरले जानकारी दिए । जसमा १७ जना बालबालिका रहेका छन् । उनका अनुसार जिल्लामा सवैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ६७ जना पुरुष, ५५ महिला र ३ जना अन्य गरी १ सय २५ जना एचआईभीका संक्रमित रहेका छन् ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ६१ पुरुष, ४४ महिला र १ जना अन्य गरेर १ सय ६ जना, लमही नगरपालिकामा १६ जना पुरुष, १३ जना महिला र २ जना अन्य गरेर ३१ जना, राप्ती गाउँपालिकामा १४ जना पुरुष र १७ जना महिला गरी ३१ जना, बबई गाउँपालिकामा १२ जना पुरुष र १७ जना महिला, बंगलाचुली गाउँपलिकामा १६ जना पुरुष र १० जना महिला गरी २६ जना, शान्तिनगर गाउँपालिकामा ८ जना पुरुष र ७ जना महिला गरेर १५ जना, दंगीशरण गाउँपालिकामा ९ जना महिला र ४ जना पुरुष गरेर १३ जना, राजपुर गाउँपलिकामा १० जना पुरुष र ६ जना महिला गरेर १६ जना र गढवा गाउँपलिकामा महिला र पुरुष ३÷३ जना गरेर ६ जनामा एचआईभी संक्रमित रहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।उनका सल्यान घरभई दाङमा बसोबास गर्ने १ जना पुरुष र ५ जना महिला गरेर ६ जना र प्युठान निवासी १ जना महिलामा पनि एचआईभी संक्रमण देखिएको छ ।

जसमध्ये चालुआर्थिक बर्षको चार महिनामै ४० जना एचआईभी संक्रमित थपिएको कार्यालय प्रमुख कुँवरले बताउनुभयो । जिल्लामा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा संक्रमितको नियमित स्वास्थ्य परिक्षणसँगै औषधी उपचार गर्ने काम भइरहेको प्रतिष्ठानकी एआरटी काउन्सीलर तारा बिसीले बताउनुभएको छ । उहाँका अनुसार एचआईभी संक्रमितका लागि जिल्लामा दुई वटा एआरटी सेन्टर ९एन्टीरेक्ट्रो भाइरल थेरापी केन्द्र० रहेका छन् ।

संक्रमितमध्ये घोराहीमा २ सय ५८ र तुलसीपुरमा १ सय ४७ जनाले नियमित सेवा लिइरहेका छन् । यसैविच जिल्ला स्वास्थ्य कार्यालय दाङसँगै एचआईभी एड्सका क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरुले ३२औं विश्व एड्स दिवस मनाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङ र घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाको आयोजना तथा नेपाल परिवार नियोजन दाङ शाखा, दाङ प्लस, मानव स्वास्थ्य समाज, परिवर्तन समूह र नार्गाजुन डेभलभवमेन्ट केन्द्रले सहकार्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सचेतनामुलक कार्यक्रममा जोड दिएका थिए ।

उनीहरुले पछिल्लो समय मानवीय लापरवाहीसँगै लागुऔषध दुव्यर्सनी, रोजगारीका क्रममा भारत जाने आप्रवासीका कारण जिल्लामा संक्रमितको संख्या बढ्ने गरेको भन्दै न्यूनीकरणका लागि स्थानीय सरकार तथा संघसस्थाका विचमा समन्वय आवश्यक रहेको बताएका थिए । स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्वरबहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एआरटी काउन्सीलर तारा बिसी, नेपाल परिवार नियोजन दाङ शाखाका स्टार्फ नर्स सरिता तामाङ,दाङ प्लसका कार्यक्रम संयोजक गोपाल नेपाली, मानव स्वास्थ्य समाजका कार्यक्रम संयोजक जुनु चौधरी, परिवर्तन समूहका हरि पौडेल र नार्गाजुन डेभलभवमेन्ट केन्द्रका झगा पुनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस