सोनापुर सिमेन्टले तुलसीपुर उपमहानगरलाई २ करोड कर तिर्न बाँकी

दाङ । सोनापुर मिनरल्स एण्ड आयल प्रालि दुधरास दाङले २ करोड बढि कर तिर्न बाँकी रहेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । सम्पत्ति कर र सिमेन्ट उत्पादन कर वापत २ करोड ४७ लाख ५२ हजार ३ सय ७४ रुपैयाँ कर तिर्न बाँकी रहेको तुलसीपुर उपमहानगरपालिका आर्थिक समितिका संयोजक माधव वलीले जानकारी दिए ।

५ वर्षको अवधिमा उद्योगबाट उत्पादन भएको १ करोड ३९ लाख ३२ हजार ९ सय ६५ बोरा सिमेन्टको ९७ लाख ५२ हजार ३७४ रुपैयाँ र ८६ बिघा जग्गाको सम्पत्ति कर वापत एक करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको आर्थिक समितिका संयोजक वलीले बताए । उपमहानगरपालिकाको राजश्व शाखाका अनुसार आर्थिक वर्ष २०७२/२०७३ देखि २०७९/२०८० सम्म उद्योगले भोग चलन गर्दै आइरहेको ८६ बिघा जग्गाको ९ वर्षको सम्पत्ति कर वापत एक करोड ५० लाख नबुझाएको देखिन्छ ।

त्यसैगरी उद्योगले २०७६ र २०७७ मा उत्पादन भएको ५५ लाख ७२ हजार ७ सय ८६ बोरा सिमेन्टको प्रति बोरा २ पैसाको दरले ५५ लाख ७२ हजार ७ सय ८६ रुपैयाँ तिर्न बाँकी छ । त्यसैगरी २०७८ देखि २०८० सम्म तीन वर्षमा उत्पादन भएको ८३ लाख ५९ हजार एक सय ८९ बोरा सिमेन्टको ५० पैसाका दरले ८३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ तिर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस