भुकम्प पीडितलाई घोराहीले १५ लाख सहयोग गर्ने

दाङ ।  घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरूका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिक तर्फका कर्मचारी गरि १३ सय ६६ जनाको एक दिनको तलब कटाएर जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरूको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

यही कार्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिमका नागरिकहरूको उद्धार र पुर्नस्थापनाको लागि १५ लाख रुपैयाँ पठाउने निर्णय भएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।  ।

साथै नगर कार्यपालिका बैठकले भुकम्पमा परि दिवंगत भएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत  गरेको छ । 

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस