नेपालले टस हार्यो, दीपेन्द्रसिंह ऐरी टिममा फर्किए

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईसँग टस हारेको छ । युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ भने नेपालले फिल्डिङको निम्तो पाएको छ ।
को टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ ।
अलराउण्डर दिपेन्द्र सिंह ऐरिले आईसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत युएईविरुद्धको सेमिफाइनल खेल्ने भएका छन्। युएईविरुद्ध ऐरिले स्थान बनाउँदा सन्दीप जोरा बाहिरिएका छ्न। यसअघि छनोटको सुरुआतमा नै चोट बोकेपछि दिपेन्द्रले समुह चरणका सबै खेल गुमाएका थिए।
नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्।
नेपाली टाेली-
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव, सन्दीप लामिछाने ।