वर्तमान सत्ता गठवन्धन भत्काउन विभिन्न चलखेल भईरहेको छ: मन्त्री शर्मा

दाङ । नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सत्ता गठवन्धन भत्काउनका लागि विभिन्न चलखेल भईरहेको बताइन् । उनीले वर्तमान गठवन्धनलाई भत्तकाउनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरु सलबलाएको भएपनि उनिहरु यसमा सफल हुन नसकेको समेत दावी गरिन् ।
बुधवार साँझ आफ्नो निर्वाचन क्षेत्र दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा आयोजित गठबन्धनसम्बद्ध जन प्रतिनिधि, नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनीले यस्तो बताइन् । मन्त्री शर्माले वर्तमान गठनबन्धन सम्वद्ध दलका नेताहरु यही समिकरणलाई पाँच वर्षसम्म टीकाई राख्नुपर्छ भन्ने कुरामा एकमत रहेको हुँदा गठबन्धन पाँचवर्ष सम्म कायम रहने समेत बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अहिले अन्तराष्ट्रिय शक्ति शन्तुलन राम्रो भएको समेत दावी गरिन् । उनीले भनिन् “प्रधानमन्त्री ज्यूको भारत, चिन भ्रमण तथा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागिताले अहिले नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन सफल भएको छ ।’
यस्तै उनीले विकासका लागि सबैले ईमानदारिताका साथ आफ्नो ठाउँबाट लागि पर्नुपर्ने बताउँदै आफु पनि यहाँका विकासका लागि निरन्तर लागिपरेको बताइन । उनले बंगलाचुली सहित दाङको विकासका लागि गम्भिर भएर विभिन्न मन्त्रालयमा पहल जारी राखेको बताइन् । बंगलाचुलीमा गुणस्तरीय स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, विद्युत, सडक र टेलिफोनको जस्ता क्षेत्रको विकासका लागि मातहतका प्रदेश तथा संघीय मन्त्रालयको समन्वयमा कामहरु अगाडी बढाईने बताइन ।
उनले दाङको घोराही तुलसीपुर सडकको मर्मतको काम करिव करिव सकिएको र तिहारपछि चारलेन सडक निर्माणको लागि ठेक्का प्रकृया अगाडि बढ्ने समेत बताइन् । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्को वर्षदेखि पढाई सुरु गर्ने गरी कामहरु अगाडि बढाईएको जानकारी दिइन् ।
भेटघाट कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर, उपाध्यक्ष भक्त बहादुर जीसीले बंगलाचुली गाउँपालिकाको समस्या तथा पूरा गर्नुपर्ने योजनाहरुको वारेमा मन्त्री शर्मालाई जानकारी गराइकी थिइन् ।