आत्महत्या र लागूऔषध मुख्य चुनौति : प्रवक्ता पल्ली मगर

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं एसएसपी कृष्ण बहादुर पल्लीमगरले चाडपर्वका अवसरमा सुरक्षा अवस्था मजबुत पारिएको बताए । ६८ औँ प्रहरी दिवस र नजिकिँदै गरेका चाडपर्वमा लागू गरिएको सुरक्षा योजनाका सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कुनै पनि समयमा नागरिकको सुरक्षा र जीउधनको रक्षाका लागि प्रहरी लागि परेको बताए ।

उनका पछिल्लो समय आत्महत्या र लागू औषध ओसारपसारका घटनाले प्रदेशमा सुरक्षा चुनौती थपिएको छ । उनले भने,‘ लागू औषधमा पनि दुई प्रकारका समस्या रहेका छन् । पहिलो समस्या पहाडी क्षेत्रमा उत्पादन हुने प्राकृति लागू औषध गाँजा, चरेस र अफिम आउने एक खालको रहेको छ । अर्को भारतसँग खुला सिमाना भएका कारण केमिकल प्रयोग भएका लागू औषधहरू सहज रुपमा आउने भएकाले चुनौति रहेको छ ।’

प्रहरीलाई चुनौति रहेको भएयता पनि यसलाई निराकरण गर्नको लागि आफूहरू लागि रहेको समेत उनको भनाइ छ । भारतसँग जोडिएका नाकाहरूमा प्रहरीले विशेष निगरानी गरिरहेको समेत उनले बताए । उनका अनुसार लागू औषधको कारोबारमा संलग्न रहेका र दुर्व्यसनीमा रहेका ब्यक्तिहरूलाई निगरानी गरेर न्यूनिकरण लागि प्रहरीले काम गरिरहेको छ ।
यस्तै आफूहरूलाई अर्को चुनौति भनेको बढ्दो आत्महत्या रहेको छ । यो देशव्यापी समस्या भएको भन्दै प्रवक्ता पल्पीमगरले विभिन्न ठाउँ तथा विभिन्न जिल्लाहरूमा दैनिक रुपमा आत्महत्याहरु भइरहेका छन् ।
उनले भने,‘ यसलाई पनि रोकथाम गर्नको लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले योजना बनाएर सबै जिल्लाहरूमा कार्यान्वयन गर्ने भनेर जिल्लाहरूमा पठाएका छौँ । जिल्लाहरूमा पनि विभिन्न समितिहरू बनाएर रोकथामको लागि काउन्सिलिङ, सचेतना मूलक कार्यक्रम, योगा मेडिटेसन गर्ने जस्ता काम भइरहेका छन् ।’ उनका अनुसार यो रोकथामका लागि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले देशै भर अभियान सुरु गरिसकेको छ ।

प्रदेश प्रमुख डीआईजी उमेशराज जोशीको समन्वयमा लुम्बिनी प्रदेश सरकार आत्महत्या रोकथामका लागि नीति तथा कार्यक्रम मै राखेको भन्दै दूरदराजका जनतासम्म यो कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो । जसका लागि २४ लाख बजेट विनियोजन भएको भन्दै उनले त्यो पैसा प्रहरीलाई सिधैँ नआउने र १२ वटा जिल्लामा रहेका आयुर्वेद अस्पताल मार्फत गएको छ । त्यसबाट पनि हामीलाई आत्महत्या न्यूनिकरणको लागि केही टेवा पुग्ने विश्वास रहेको छ ।

त्यस्तैगरी प्रदेश प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार प्रदेशका १२ जिल्लामा बितेको ३ वर्षको अवधिमा ४ हजार ४३ जनाले आत्महत्या गरेका छन् । जसमा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ४०८ जना, आर्थिक वर्ष २०७८/७९ मा एक हजार ३३४ जना र गत आर्थिक वर्ष २०७९/८० मा एक हजार ३०१ जनाले आत्महत्या गरेका छन् ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस