तेस्रो सिटी कप खुला पालिका स्तरीय पुरुष भलिबल सुरु

शान्तिनगर । दाङको शान्तिनगरमा आज देखि तेस्रो सिटि कप खुला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८० सुरु भएको छ । सिटि युथ क्लब शान्तिनगर ६ र ७ को आयोजनामा श्री शिव शक्ति माबी धनौरीको खेल मैदानमा संचालित प्रतियोगिताको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले उद्घाटन गरेका हुन ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले खेलकुद स्वस्थ मावन जिवनको अभिन्न अंग भएको बताए । “मानव शरिरको सर्वाङ्गिन बिकास,स्वस्थ जिवन र सिङ्गो राष्ट्रको पहिचान खेलकुद हो,यसर्थ यो जिवनकै अभिन्न अङ्ग हो अध्यक्ष बस्नेतले भने”हामी गाँउपालिकाको निति तथा कार्यक्रममा खेलकुद लाई शिक्षा जत्तिकै महत्वका साथ स्थान दिदैछौ” ।
उनले अब गाँउपालिकामा खेलकुद रंगशाला बनाउने र गाउँपालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय पहिलो प्राथमिकतामा परेको बताए । साथै अनुशासनको उच्च पालना गरेर खेल खेलकौशल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे ।
क्लबका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी द्वय शान्तिनगर गाउँपालिका वडा न ६ का अध्यक्ष सेर बहादुर भण्डारी,वडा न ७ का तारा बहादुर वलि,लुम्बिनी प्रदेश रग्बी संघका अध्यक्ष नवीन थापा, शिवशक्तिशक्ति माबी धनौरी बिधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राज शर्मा लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
क्लबका कोषाध्यक्ष सम्राट भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन क्लबका सचिब खोप बहादुर बुढाथोकीले गरेका थिए । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पालिका स्तरका ८ टिमको सहभागिता रहेको छ ।