तेस्रो सिटी कप पालिका स्तरीय खुला पुरुष भलिबल हुने

Volleyball spike hand block over the net

दाङ । दाङको शान्तिनगरमा तेस्रो सिटी कप खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । सिटी युथ क्लब शान्तिनगर ६ र ७ को आयोजनामा श्री शिवशक्ति मावि  धनौरीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता यही असोज २७ गते देखि सुरु हुने भएको हो । प्रतियोगिताको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतियोगिता सञ्चालन समितिका संयोजक आनन्द बुढाथोकीले जानकारी दिए ।

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा दाङ जिल्लाका दस पालिका भित्रका झन्डै १२ बढी टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ८५ हजार ,कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ५० र २५ हजार नगद, कप, मेडल प्रमाणपत्र  हात पार्नेछन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट हुने खेलाडी लाई नगद २ हजार ५, अन्य विधामा नगद १ हजार ५ सयका साथमा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस