इजरायलबाट नेपाली विद्यार्थीको प्रधानमन्त्रीलाई पत्र– युद्ध रोकिने अवस्था छैन, देश फर्कने मन छ

Cars are on fire after they were hit by rockets from the Gaza Strip in Ashkelon, Israel, on Saturday, Oct. 7, 2023. Palestinian militants in the Gaza Strip infiltrated Saturday into southern Israel and fired thousands of rockets into the country while Israel began striking targets in Gaza in response. (AP Photo/Ohad Zwigenberg)

काठमाडौं । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै उद्धारका लागि आग्रह गरेका छन् । 

मणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले भावुक पत्र लेख्दै युद्ध तत्काल रोकिने अवस्था नरहेकाले तत्काल उद्धार गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डलाई विद्यार्थी भण्डारीले इजरायलबाट लेखेको पत्र  ः

श्रीमान प्रधानमन्त्रीज्यू, 
नेपाल सरकार
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको इन्दको चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइराखेको छ । हाम्रो आत्माबल घट्दै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाँकी रहेन ।

आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ ।  बंकरमा लुक्यो भने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ । हामी हाम्रा सुदुरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।
आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमा नै रमाउनेछाँै ।
हामी नेपालको ‘३’ विश्वविद्यालयबाट यहाँ छौ । 
१) कृषि तथा वन विज्ञान विश्वविद्यालय 
२) त्रिभुवन विश्वविद्यालय
३) सुदुरपश्चिम विश्वविद्यालय
सँगसँगै यहाँ अन्य विद्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहनेछ । यो हाम्रो तपाईंप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।
(युद्धको चपेटामा परेको नेपाली)  सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
(हाल ठेगाना)

– Kadesh Barnea, Israel

±972512825166

(नेपाली ठेगाना)
– अन्नपूर्ण गा.पा – २ कास्की)

साभार

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस