सर्पदशं केन्द्र सञ्चालन गरौं : स्वास्थ्यमन्त्री खनाल

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले तुलसीपुर क्षेत्रमा सर्पदशं सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकार तयार रहेको बताए ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री खनालले सर्पदशं केन्द्र तत्कालै सञ्चालनका लागि उपमहानगरपालिकाकाले भवनको व्यवस्थापन गर्न आग्रह गरे ।

जिल्लाको पश्चिमी क्षेत्रमा सर्पदंशबाट अनाहकमा नागरिकको ज्यान गइरहेकाले तत्कालै सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र सामग्रीको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालय तयार रहेको बताए ।

छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सर्पदंशका कारण समयमै उपचारका लागि सर्पदशं केन्द्र नहुँदा अनाहकमा मृत्यु भइरहेकाले तत्कालै जनशक्ति व्यवस्थापन गरे पालिकाले भवन उपलब्ध गराउन तयार रहेको बताए ।

उनले तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको भीमसेन मेट्रो अस्पतालमा सर्पदशं केन्द्र सञ्चालनका लागि आवश्यक संरचना दिन तयार रहेको बताउनुभयो । छलफल कार्यक्रममा पूर्व सांसद गेहेन्द्र गिरी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतलगायत थिए ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस