प्रथम लुम्विनी प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने

दाङ । लुम्बिनी प्रदेश तेक्वान्दो सघको नियमित बैठक मंगलवार तुल्सीपुरमा सम्पन्न भएको छ । सघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा बसेको बैढकले विभिन्न निर्णय गरेकोे छ ।

बैठकले कार्तिक १७ र १८ गते लुम्विनी प्रर्देशस्तरीय बिभिन्न तौल समुहमा प्रथम खुला तेक्वान्दो प्रतियोगिता गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि सघका कोषाध्यक्ष मोहन सुनारको संयोजगत्वमा ६ सदस्यीय समिति गठन गरिएकोे छ । जसको सदस्यमा महेश थापा सदस्य, श्याम भट्टराई, राजिव शिह क्षेत्री, सुरेश पाश्वाङ, बमबहादुर बिक रहेका छन् ।

त्यस्तै सघका सदस्य दिपक कुमाललाई प्रेस संयोजकमा नियुक्ति गरिएको छ । बैठमा सुमन घले गुरूङ, डम्बर बिसी, सचिन पौडेललगाएतले आफ्नो भनाई राखेका थिए । बैठकको सहजीकरण संघका सचिब बिनिल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस