बुद्ध इन्टरनेशनल अस्पतालमा बालबालिकाको पत्थरीको सफल सल्यक्रिया

दाङ । दाङको घोराहीमा रहेको बुद्ध हस्पिटल प्रालिमा बच्चाको पित्त थैलीमा परेको पत्थरीको दुरविन विधिबाट सफल अप्रेसन हुदै आएको छ । हिजोका दिनमा ठूलो उमेरका मानिसमा मात्र देखिने स्वास्थ्य समस्याहरु पछिल्लो समय कम उमेरका बच्चाहरूमा पनि देखिने क्रम बढेको छ । जिल्लाका विभिन्न अस्पतालहरुले आफूले अप्रेसन गर्न नसक्ने भनेर काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा रेफर गरेका बिरामीले बुद्ध हस्पिटलको सम्पर्कमा पुगेर विभिन्न जटिल प्रकृतिका समस्याको सफल अपरेसन तथा उपचार पाएर निको भएका छन् ।

हस्पिटल सञ्चालनमा आएदेखि हालसम्म बच्चाको पित्तथैलीमा परेको पत्थरीको दुरविन विधिद्धारा ४७ जनाको सफल अप्रेसन भएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिए । उनका अनुसार जन्मेदेखि पाँच वर्षसम्मका ६ जना, ५ बर्षदेखि १० बर्ष उमेरसम्मका १७ जना, दशदेखि १४ वर्ष उमेरसम्मका २४ जना गरी ४७ जना बालबालिकाको पित्तथैलीमा परेको पत्थरीको दुरविन विधिबाट सफल अपरेशन भएको छ ।

बालबालिकाहरुमा निकै कम मात्रामा देखिने पित्तथैलीको पत्थरीको समस्याले घोराही उपमहानगरपालिका १५ निवासी विशाल बस्नेतका ९ वर्षीय छोरा आदित्य बस्नेतलाई धेरै पीडा दिन थाल्यो । त्यसपछि जिल्लाको अर्को कुनै अस्पतालमा पुगेर चेकजाच गराउँदा पित्तथैलीमा पत्थरी परेको पत्ता लाग्यो तर सानो उमेरको बच्चाा यस्तो खालको अप्रेसन आफुहरुले गर्न नसक्ने भन्दै काठमान्डु लैजान उक्त अस्पतालले सुझाव दियो । रोगको समस्या पत्ता लागेपनि उपचारका लागि काठमान्डु जानुपर्ने भएपछि आदित्य बस्नेतका बुबा विशाल र आमा पवित्रालाई झन चिन्ता बढ्न थाल्यो । पत्थरीले दिने पिडाका कारण छोराले दुखाई बढ्दै जान थालेको बताएपछि बस्नेत दम्पती जिल्लाकै अर्को अस्पताल बुद्ध हस्पिटलमा पुग्यो ।

बस्नेतले भने, ‘हामी बुद्ध हस्पिटलमा पुगेर बच्चालाई देखाएपछि दूरविन विधिबाट अप्रेसन गर्न सकिने कुरा डाक्टरले भने। त्यसपछि हामी दाङ जिल्लामै छोराको सफल उपचार पाउदा धेरै राहत मिलेको महशुस गर्‍यौ । अनि अर्को कुरा दुरविन विधिबाट अप्रेसन गर्दा चिरेर भन्दा धेरै सहज भएको हामीले देख्यौ । यसरी अप्रेसन गर्दा घाउँ पाक्ने जोखिम पनि कम हुदो रहेछ भने छोराको स्वास्थ्य अवस्था पनि छिटो ठिक हुदै गएको छ । जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्यो र अहिले छोराको स्वास्थ्यमा पनि क्रमिकरुपमा सुधार हुँदै आएको छ ।’

सर्जन डा. रमेश बस्नेत, एनेस्थेसियोलोजिष्ट डा. रोशन गुप्ता, नर्शहरुसहितको अप्रसेन टिमले २०८० भदौ २५ गते ठ्याक्कै आदित्य बस्नेतको जस्तै समस्या देखिएका सल्यानका १४ वर्षिय महेस केसीको पनि अप्रेसन गरेको थियो । सल्यानको दार्मा गाउँपालिका ५ का केसीलाई दुई महिना पहिले एक्कासी पेट दुख्ने समस्याले सताउन थालेपछि उपचारका लागि तुलसीपुर स्थित एउटा अस्पतालमा पुगेका थिए।

चेकजाँच गराउँदा बालकको पित्तथैलीमा पत्थरी परेको पत्ता लागेपनि यसको सफल अप्रेसन कँहा गराउने भन्ने चिन्ताले महेशका दाइ हेमन्त सहित केसी परिवारलाई सताउन थाल्यो । केसीले भने,९‘ बिजौरीको एक जना आफन्तले यो भन्दा अगाडी बुद्ध हस्पिटलमा अप्रेसन गर्नु भएको रहेछ । बुद्धमा अप्रेसन राम्रो हुन्छ, त्यहाँ जानुस भनेर उहाँले दिएको सुझाव अनुसार घोराही आएर अप्रेसन गर्‍यौ । तिन दिन पछि २७ गते डिस्चार्ज हुदैछ । उपचारका लागि सल्यानबाट दाङ आईयो, अब दाङबाट फेरी कँहा जानुपर्ने हो, नयाँ ठाउँमा जादा समस्या हुन्छ भन्ने चिन्ता हटेको छ ।’

पत्थरीको समयमै उपचार नगर्दा जोखिम झन बढ्छ : डा. बस्नेत
पित्त थैलिमा परेको पत्थरीको समयमै अप्रेसन नगर्ने हो भने जोखिम झनै बढ्दै जाने सजर्न डा. रमेश बस्नेतको भनाई छ । धेरै दुख्यो भने पछि अप्रेसन गरौला भनेर बस्दा जोखिम धेरै हुने भएकाले समयमै उपचार आवश्यक पर्ने उनले बताए । पहिले १५, १६ वर्षको उमेरमा मात्रै पित्त थैलीमा पत्थरी पर्दथ्यो, अहिले जन्मजात शिशुहरुमा समेत यो खालको समस्या देखिने गरेको छ । पछिल्लो समय दुरविन विधिबाट बच्चाहरुको धेरै अप्रेसन हुने गरेको छ ।

डा। बस्नेतले भने, ‘ दुरविन विधिबाट ठुलो मान्छेको पित्त थैलीको अप्रेसन गर्दा हामीले पेटमा चार वटा सानो प्वाल बनाई कर्बोन्डाई अक्साईड भन्ने ग्यास भित्र हालेर पेट फुलाउछौ, त्यो फुलिएको पेटको हवामा हामीले मेसिन हालेर दुरबिन विधिबाट अप्रेसन गर्ने हो । बच्चाहरुमा धेरै ग्यास हाल्दा जोखिम धेरै हुन्छ, ठुलो मान्छेमा हावा १२ मिलीमिटर प्रेसरमा राखेर गरेपनि बच्चाको त्यत्ति राख्न नमिल्ने भएकाले छ देखी आठ मिलीमिटर प्रेसरमा राखेर अप्रेसन गर्छौ । हावा कम हुदा पेट भित्र मेसिन चलाउन ग्रोहो हुन्छ । यसरी अप्रेसन गर्दा घाँउ पाक्ने समस्या न्यून हुन्छ । जसले विरामीलाई निको हुन छिटो र सहज हुने गरेको छ ।,

बच्चाहरुमा विभिन्न खालका समस्या बढ्दो
ठूलो उमेरका मानिसमा मात्र देखिने स्वास्थ्य समस्याहरु पछिल्लो समय बच्चाहरूमा पनि देखिने क्रम बढ्दै जान थालेको सर्जन डा। बस्नेतको भनाई छ । उहाँका अनुसार बच्चाहरुमा फेमोसिस ९लिंगको टुप्पोको छाला छाटिएको० तथा नवजात शिशुहरुमा जन्मिदा अण्डकोष नझर्ने समस्या पनि देखिन थालेको छ । आमाको पेट भित्रै बन्नु पर्ने अण्डकोष बच्चा जन्मिएको ८,९ महिना सम्म पनि बाहिर झरेन भने त्यसलाई हर्नेटोमी नामक अप्रेसन गरेर बाहिर निकाल्छौँ ।

जिब्रो छोटो हुने टङ्ग टाईम भन्ने समस्या पनि धेरै देखिने गरेको छ । अर्कोतिर ठुलो मान्छे र सानो उमेरका बच्चामा देखिने हाईड्रोसिलको समस्याको प्रकृति फरक भएर देखिने गरेको छ । सात आठ वर्षभन्दा सानो उमेरका बच्चामा अपेन्डिस हुदैन् भन्ने छ तर पछिल्लो समय दुई तिन वर्ष उमेरका बच्चाहरुमा पनि हुने गरेको छ । यो भन्दा अगाडी पनि हामीले बुद्धमा तिन वर्षको बच्चाको अपेन्डिसको सफल अप्रेसन गरेका छौँ ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस