फेलोसिप खसी कप प्रतियोगिता २०८० सुरु
दाङ । फेलोसीप खसी कप प्रतियोगिता २०८० आज देखि दाङको तुलसीपुरमा सुरु भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर ६ को आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र वैरागीले गरेका थिए ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै अध्यक्ष वैरागीले नेपालको राष्ट्रिय खेल भलिबलको पहिचान र गरिमा लाई स्थापित गर्न स्थानीय स्तरका गतिविधिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । स्थानीय स्तरमा यस्ता प्रतियोगिता हुन आवश्यक छ जसले नवप्रतिभा लाई उच्चतम् स्थान दिने भन्दै उनले अनुशासित र मर्यादित भएर खेल प्रदर्शन गर्न खेलाडी लाई आग्रह गरे ।
भलिबलका लेबल वान कोच तथा राष्ट्रिय रेफ्री द्रोण चन्दको स्वागत रहेको कार्यक्रममा दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अनलाइन टिभी पत्रकार संघ दाङका अध्यक्ष एच आर मगरले गरेका थिए । यसैबीच प्रतियोगितामा कुपिन्डे युथ क्लब सल्यान र राप्ती किङ भलिबल ट्रेनिङ सेन्टर तुलसीपुर बिजयी भएका छन ।
बागचौर सल्यान लाई उद्घाटन खेलमा ३– १ को सेटमा पराजित गर्दै पराजित गर्दै कुपिन्डे युथ क्लब बिजयी भएको हो ।त्यस्तै राप्ती बबई क्याम्पस तुलसीपुर लाई ३– ० को सोझो सेटमा पराजित गर्दै राप्ती किङ बिजयी भएको हो । शुक्रबार पहिलो खेलमा हेलो मोबाइल र अखिल क्रान्तिकारी भिड्नेछन् । खेल बिहान ७ बजे देखि सुरु हुनेछ ।
प्रतियोगितामा दाङ, सल्यान र रुकुम जिल्लाका १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २५ हजार बराबरको खसीसँगै मेडल हात पार्नेछ । त्यस्तै उपविजेताले मेडल मात्र हात पार्ने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु ऐरीले जानकारी दिए ।

