मातृशिशु मृत्युदर बढ्दै

दाङ । पछिल्लो समय दाङमा मातृशिशु मृत्युदर बढ्दै गएको छ । विगतको तुलनामा पछिल्लो समय दाङमा मातृशिशु मृत्युदरको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय दाङको तथ्यांकले देखाएको छ । आव ०७५/०७६ देखि आव ०७९/०८० सम्मको पाँच आर्थिक वर्षको अवधिमा २९ जना सुत्केरी महिला र ४६ जना शिशु गरी ७५ जनाको मृत्यु भएको छ ।

जसमा सबैभन्दा धेरै तुलसीपुरमा २८ शिशु र १५ महिला गरी ४३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका पब्लिक हेल्थ नर्स सीता कँवरले जानकारी दिइन् । यसरी तथ्यांकलाई हेर्दा आमाभन्दा शिशुको ज्यान जानेको संख्या बढी रहेको कार्यालयले दिएको तथ्यांकले देखाएको छ ।

आव ०७५/०७६ र ०७६/७७ मा ४र४ जना, ०७७/०७८ मा १०, ०७८/०७९ मा ११ र ०७९/०८० मा १७ जना गरी ४६ शिशुको मृत्यु भएको हो भने आव ०७५/०७६ र ०७७/०७८ मा शून्यमा रहेको मातृ मृत्युदरको संख्या आव ०७६/०७७ मा १, ०७८/०७९ र ०७९/०८० मा ७ जना गरी २९ जना रहेको छ ।

स्थानीय तह अनुसार सबैभन्दा धेरै तुलसीपुरमा १५ जना आमाको मृत्यु भएको छ । यस्तै शान्तिनगरमा ३, घोराही, लमही, बबईमा २/२, गढवा, राप्ती, राजपुर, दंगीशरणमा १/१ जना महिलाको मृत्यु भएको छ । बंगलाचुलीमा भने शून्य रहेको छ । शिशुको ज्यान जाने संख्या पनि तुलसीपुरमै धेरै रहेको छ । तुलसीपुरमा २८, घोराहीमा १०, राजपुरमा ४, लमहीमा ३ र गढवामा १ जना रहेको छ भने अन्य पाँचवटा पालिकामा शून्य शिशु मृत्युदर रहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस