पेट्रोल, डिजल र मट्टीतेलको मूल्यवृद्धि

काठमाडौँ  नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजल  तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको हो ।  अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य  १६४.५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस