क्यान्सर पीडितलाई सहयोग

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ की नन्दकला बुढालाई आर्थिक सहयोग गरिएको छ । क्यान्सर रोगका कारण उपचारत बुढालाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले सहयोग गरेको हो । नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख सुरेश भुसालले बुढाका श्रीमान एग्ये बुढालाई दश हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बुढाले सामाजिक रुपमा सक्रियता जनाउँदै आएको संस्थाले मानवीय सेवाअन्तर्गत उपचारमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । त्यस्तै संस्थाका कार्यकारी प्रमुख सुरेश भुसालले संस्थाले समाजमा लागु पदार्थ दुव्र्यशनीको उपचारका साथै सामाजिकरुपमा विभिन्न कार्यक्रमा सक्रियता हुँदै आएको बताए ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस