मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
दाङ । दाङ देउखुरीको नर्तीमा बुधबार राती करिब ९ बजेको समयमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिंदा सोही ठाउँ निवासी अन्दाजी ४०/४२ वर्षका सन्तु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
ठक्कर दिने मोटरसाइकल भने वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

