दाङको बंगलाचुलीमा दादुरा देखियो, जिल्लामा २ लाख २१ हजार बढि बालबालिकालाई खोप लगाइदै

दाङ । दाङको बंगलाचुली गाउँपालिकाको हासीपुरमा दादुराको प्रकोप देखिएको छ । गाउँमा करिब १२र १५ जनामा दादुरा रोग देखिएको स्वास्थ्य कार्यालय दाङमा निमित्त प्रमुख डम्बर कँवरले बताए । उनका अनुसार गाउँमा करिब १५ जनामा दादुरा देखिएको थाहा पाएपछि डब्लुएचओका चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको टोली फिल्डमा गएर उपचार गरिरहेका छन् । उनले भने,‘ हाम्रो लुम्बिनी प्रदेशमा केही समय अगाडि लुम्बिनी प्रदेशको बाँकेको दादुरा देखिएको थियो । बर्दिया, कपिलवस्तुमा पनि केही मात्रामा देखिएको थियो । विशेषगरी दाङमा अलि बढि देखिएको थियो । अहिले फेरि बंगलाचुली गाउँपालिकाको हासीपुर गाउँमा दादुरा देखिएको छ । दादुरा देखिएकोमा कोही गम्भिर बिरामी र कोही निको भएको अवस्थामा हामीले थाहा पाएपछि चिकित्सकसहित स्वास्थ्यकर्मीहरू टोली खटिएको छ । कोहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर उपचार भइरहेको छ ।’
उनका अनुसार त्यस गाउँ पुरै दादुरा ग्रस्त भइसकेको अवस्थामा हामीहरूले थाहा पाएका थियौँ । विगत ३ दिनदेखि डब्लुएचओका डाक्टरसहित स्वास्थ्यकर्मीको टिम परिचालन भइरहेको छ । उनले जिल्लाका घोराही, बंगलाचुली, राप्ती, लमही, राप्ती र गढवामा २५ गतेदेखि २९ गतेसम्म खोप लगाउने अभियान शुरु गरिएको समेत बताए । जिल्लामा दुई चरणमा यो अभियान सफल बनाउनको लागि काम भइरहेको समेत बताए । जसमा तुलसीपुरदेखि पश्चिमका ३ वटा गाउँपालिकामा अभिभुखिकरण भइरहेको समेत उनको भनाई छ । यस्तै जिल्लामा गत आर्थिक वर्षमा २९ जनामा दादुरा देखिएको थियो । ति मध्य घोराही र तुलसीपुर उपमहानगरपालिकामा देखिएको पनि उनले बताए ।
उनले भने,‘ एकातिर स्वास्थ्यकर्मीहरू यो खोप अभियानलाई सफल बनाउन लागि परिरहेको अवस्था छ । अर्कातिर जिल्लामा दादुराको रोग फैलिएको कारणले चुनौति थपिएको छ । बंगलाचुलीमा फैलिएको दादुराका कारण आँखा निकै असर परेको अवस्था रहेको थियो । यो दादुरा– रुबेला अति घातक रोग हो । यसले बिरामीलाई सिकिस्तपनमा ल्याएमा यसले धेरै जोखिम उत्पन्न गर्छ ।’ यस्तै जिल्लामा गर्मीका कारण विद्यालयहरू बन्द भएको भन्दै उनले यो अभियान सञ्चालन हुँदासम्म विद्यालयहरू बन्द नगर्न समेत आग्रह गरे ।
जिल्लामा खोप अभियान सफल पार्न सबैले प्रतिवद्धता जाहेर गरेको भएयता पनि विद्यालयहरू बन्द गर्दा सफल हुनसक्ने पनि उनको भनाइ छ । यस्तै उनले दादुरा– रुबेला रोग विरुद्धको खोप लगाउँदा बालबालिकाहरूलाई कुनै पनि समस्या नहुने समेत बताए । जिल्लामा २ लाख २१ हजार बढि ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई खोप लगाउने समेत उनको भनाइ छ । उनका अनुसार कुनै पनि बालबालिकाहरूलाई नछुटाएर एक सय प्रतिशत लगाउनु पर्ने लक्ष्य रहेको छ ।
तुलसीपुर दादुरा–रुबेलाको उच्च जोखिम
तुलसीपुर उपमहानगरपालिकामा जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार दादुरा – रुबेला रोगको जोखिम क्षेत्र रहेको बताए । उनले भने,‘ तुलसीपुर पनि जोखिम क्षेत्र रहेको छ । बाँकेसँग सिमाना जोडिएको जिल्ला हो । बाँकेमा केही समय अगाडि दादुराको प्रकोप देखिएको थियो । बाँकेमा पनि खुला सिमाना भएका कारणले जोखिम रहेको छ, भने दाङ पनि बाँकेसँग जोडिएको हुँदा उच्च जोखिममा रुपमा लिन सकिन्छ । यहाँ विभिन्न जिल्लाबाट आउने जाने भइरहन्छ । ’ गत मङ्सिरमा तुलसीपुरमा ७ जनामा दादुरा– रुबेला देखिएको समेत उनले बताए । ति मध्य सबैको ल्याब परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको हुँदा पनि तुलसीपुर जोखिममा रहेको समेत उनले बताए ।
तुलसीपुरमा जेठ ३१ गतेदेखि दादुरा – रुबेला रोग विरुद्धको खोप अभियान सञ्चालन हुने समेत उनको भनाइ छ । उनका अनुसार असार ८ गतेसम्म सञ्चालन हुने खोप अभियानमा उपमहानगरका ५२ हजार ९२५ बालबालिकालाई दादुरा–रुबेला रोग विरुद्धको खोप दिइने छ । खोप अभियानका लागि तुलसीपुर ४३६ जना खोप कर्ता र ४३६ जना स्वयंसेवक खटिने पनि उनले बताए । तुलसीपुरका १४८ हजार विद्यालयमा २२१ खोप केन्द्र निर्धारण गरिएको छ । तुलसीपुरका विकट वस्ती वडा नम्बर १, ३, ४, १३ र १९ अनि घना वस्ती वडा नम्बर ६, ७, १८ थप अभियान सञ्चालन हुने उनले बताए ।
उनले कुनै पनि बालबालिकाले आज खोप लगाएको भएयता पनि यो अभियानको बेलामा पनि लगाउनु पर्ने समेत बताए । उनले भने,‘ कसैले आज लगाएको छ, भने पनि उसले अभियानको बेलामा पनि लगाउनु पर्ने हुन्छ । हामीले उपमहानगरका ५२ हजार ९२५ जनालाई नछुटाएर लगाउनु पर्ने छ । कसैले अहिले अभियानको बेलामा खोप लगाए पनि उसले नियमित लगाउनु पर्ने खोप फेरि एक महिनापछि लगाउनु पर्ने हुन्छ । यस खोपले केही असर गर्दैन ।’