एन्फा दाङ प्रेसिडेन्ट कप फुटबलको उपाधी मावि सेन्टरलाई
दाङ । एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगीता २०८० को उपाधी मावी तुलसीपुर सेन्टरले जितेको छ । दाङ जिल्ला फुटबल संघ र रेफ्री संघ दाङको संयुक्त आयोजनामा संचालित प्रतियोगीताको आज आईतबार बेल्झुन्डिमा सम्पन्न फाईनल खेलमा गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराहीलाई १ का बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै मावि तुलसीपुर सेन्टरले उपाधी जितेको हो ।
बेल्झुन्डी रंगशालामा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा शानदार जित निकालेको मावि सेन्टरले उपाधीसँगै नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पा¥यो । फाईनलमा हार व्यहोरेको गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही उपविजेतामा सिमित रहदै नगद २५ हजार, कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । खेलमा मावि सेन्टरका जर्सी न ६ का टिकाबहादुर मतवालाले खेलको ९औ र ६६आंै मिनेट, जर्सी न २० का विहान मियाले २३ र ३०औं र जर्सी न १० का बिनोद बिकले ७०अांंै मिनेटमा एक गोल गरे ।
त्यस्तै गोरखा घोराहीका सुगम पुनमगरले खेलको ५९ मिनेटमा जवाफी एक गोल गरे । जिल्लामा फुटबल खेलको बिकास र बिस्तार संगै बिधालय स्तरका नवप्रतिभावान खेलाडीहरुको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगीतामा जिल्लामा स्थापित निजी तथा आवासीय र सामुदायिक बिद्यालयमा कक्षा आठसम्म अध्ययनरत विद्यार्थीहरु सम्मेलित ५२ बिद्यालयका टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दिर्घबहादुर केसीको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश फुटबल संघका कार्यवाहक अध्यक्ष अजित राज भण्डारी र दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेलाडी गोरखा घोराहीका सुगम पुनमगर, वेष्ट डिफेण्डर मावि तुलसीपुर सेन्टरका दिप थापामगर र वेष्ट किप्पर नुमाकान्त घर्तिमगरलाई जनही नगद दुईहजार र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै समग्र दाङको फुटबललाई विभिन्न उमेर समुहमा अन्तराष्ट्रीय स्तरमा चिनाउन सफल महिला तथा पुरुष खेलाडीसँगै फुटबलमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरु लाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।