दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने कुराको खण्डन गर्दै त्यसमा दोषी देखिए आफू जेल जान तयार रहेको बताए ।
प्रतिनिधि सभाको बिहिबारको बैठकमा सांसदहरुले विगतमा माओवादी लडाकू शिविरमा घोटाला भएको र त्यसबारे प्रधानमन्त्रीको जवाफ माग गरेपछि प्रधानमन्त्रीले सो कुरा बताए ।
प्रधानमन्त्री दाहालले बिगतमा क्यान्टोनमेन्टमा राज्यले दिएको पैसाबारे अडिट समेत भैसकेको र त्यो विषय टुंगिसकेको अवस्थामा राजनीतिक पूर्वाग्रह राखेर यो विषय पटक पटक उठाइने गरेको भन्दै क्यान्टोमेन्टमा भ्रष्टाचार नभएको समेत प्रस्ट पारे ।
प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस