भारतबाट घटेर आयो इन्धनको भाउ

काठमाडौं । भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटेको नयाँ मूल्य सूची पठाएको छ। आइओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेललगायत इन्धनको मूल्य घटेको हो।
नयाँ मूल्यसूचीअनुसार प्रति लिटर पेट्रोलको मूल्य ४ रुपैयाँ ३३ पैसा र प्रति लिटर डिजलको मूल्य ४ रुपैयाँ ११ पैसाले घटेको छ। निगम र आइओसीबीच १५/१५ दिनमा नयाँ मूल्य कायम हुने सम्झौता छ।
जसअनुसार आइओसीले मे १ तारिखमा इन्धनको नयाँ मूल्य सूची पठाएको हो। नयाँ मूल्यअनुसार अब निगमलाई प्रति लिटर पेट्रोलमा १० रूपैयाँ र प्रति लिटर डिजलमा ६ रूपैयाँ नाफा हुनेछ।
निगमले अहिले पेट्रोल १७५ रूपैयाँ प्रतिलिटर र डिजेलको १६५ रूपैयाँ प्रतिलिटरमा बेचिरहेको छ। यही मूल्य रहिरहे नियमको नाफा १५ दिनमै १ अर्ब नाघ्ने छ।
प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस