वर्षाले खेल रद्द भएसँगै नेपाल फाइनलमा

काठमाडौं। एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस