सन्दीप एक सय विकेट लिने विश्वका पहिलो बलर बने

काठमाडौ । नेपाली स्पीनर सन्दीप लामिछाने कम खेलमा नै एक सय विकेट लिने विश्वका पहिलो बलर बनेका छन् । एसीसी प्रिमियर कपमा आज ओमान विरुद्धको खेलमा अदिल शफिकको विकेट लिएसँगै उनले कीर्तिमान बनाएका हुन । उनले ४२ खेलमा एक सय विकेट बनाएका हुन । यसअघि यो सो कीर्तिमान अफगानिस्तानका खेलाडी राशिद खानको नाममा थियो । उनले सन् २०१५ मा ४४ खेल खेलमा कीर्तिमान कायम गरेका थिए । त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ५२ खेल खेलेर १०० विकेट लिएका थिए ।

सन्दीपले २०१८ को अगस्ट एक मा नेदरल्यान्ड्स विरुद्ध खेल्दै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो विकेट लिएका थिए । लामिछानेले तीन पटक पाँच विकेट लिएका छन । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा लामिछानेले ४४ खेलबाट ८५ विकेट लिइसकेका छन । लिस्ट ए मा उनको नाममा १ सय ४५ विकेट कायम छ भने टी– २० मा उनले १ सय ९३ विकेट लिएका छन ।

२०२३ मार्च २२ मा लिग –२ शृङ्खलामा नै लामिछानेले ६ विकेट लिएका थिए जुन उत्कृष्ट विकेट लिइएको विश्वकै दोस्रो सफल स्पेल मानिन्छ । सन्दीय राष्ट्रिय टोलीको कप्तानी गर्ने विश्वको सातौँ कान्छा कप्तानपनि हुन । एउटै श्रृखलामा सबैभन्दा बढी पहिलो बलमा आउट अर्थात ’डक आउट’ हुने खराब कीर्तिमान पनि उनको नाममा छ । विश्वकप लिग–टु को २०१८–२३ शृङ्खलामा लामिछाने सबैभन्दा बढी पाँच पटक डक आउट भएका छन ।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस