गोरखा माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

दाङ । जिल्ला स्तरीय १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गोरखा मावि तुलसीपुरले जितेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधानमा सञ्चालित प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र १ काश्य पदक हात पार्दै गोरखा मावि  तुलसीपुरले उपाधि जितेको हो । त्यस्तै ४ स्वर्ण, ७ रजत र १ काश्य पदकका साथ गोरखा मावि  घोराही दोस्रो हुँदा बिपि मावि  बयाले शान्तिनगर ४ स्वर्ण पदकका साथ तृतीय भयो ।

प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्किको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसीको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अवसरमा सर्वोत्कृष्ट खेलाडी एथलेटिक्स छात्र जनप्रिय बोर्डिङ स्कुल  वालापुरका सुजल डाँगी, छात्रा तर्फ गोरखा मावि  तुलसीपुरका करुणा रिजाल, भलिबल छात्रामा जयश्री माविका स्मृति पुनमगर, त्रमा ज्ञानसिन्धुका हितेश राम्जाली, कबडीमा रोजी वर्डसका रोशन थापा, छात्रामा गुरुजजुर माविका विजया महतरा, कराते छात्र बिपि मावि ​​​​​​​वयालेका कुमार चपाई, छात्रामा तुलसी आवासीयका मनिषा खड्का, तेक्वान्दो मा छात्रमा गोरखा मावि घोराहीका जस्मिन चौधरी, छात्रामा महेन्द्र माविका उमा पन्थी घोषित भए । विजेता खेलाडीहरू लाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । । दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले  गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस