नितिगत रुपमा खेलकुदको विकासमा लाग्छौं : मास्की

दाङ । दाङ जिल्ला स्तरीय १३औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगीता २०७९ आज शुक्रबार सुरु भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगीताको उद्घाटन प्रदेश सभा सदस्य सदस्य माननिय धनबहादुर मास्कीले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मास्कीले भौगोलिक भुबनोट र हावापानीका दृष्टिकोणले उत्तम दाङलाई नितिगत रुपमा खेलकुदको गन्तव्यका रुपमा बिकास गर्न आफू लागि पर्ने बताए ।

खेलकुदको गन्तव्य बन्न खेल पुर्वाधार पहिलो आधार हो यसर्थ हामी प्रदेश स्तरबाट जिल्लाको खेलपुर्वाधार बिकास, खेलगतिविधि लगायतका पक्षमा नितिगत रुपमा लागि पर्छाै, जिल्लालाई खेलकुदमय बनाउने हाम्रो प्रतिवद्ता भयो उनले भने । खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धिमा यसको महत्वपूर्ण भूमिका छ, त्यसैले आजैदेखि खेल विकासमा जुटौ सिङ्गो जिल्लाबाट प्रदेश हुँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन हाम्रो चासो र चिन्तन बन्नुपर्छ उनले भने ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य सचिव जय प्रकाश भट्टराईले स्थानीय तहले ग्रामिणस्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्न सके खेलकुदको बिकासले गति लिने बताए । स्थानीय तहमा खेलकुद छ तर औपचारिकतामा मात्र सीमित छ अब स्थानीय तहमा खेलकुद बिकासको स्पष्ट नीति निर्देशिका बन्नुपर्छ अनि मात्र खेलकुदले अपेक्षाकृत रुपमा फड्को मार्छ उनले भने । उनले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नुपर्ने बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका दाङका उपाध्यक्ष कल्पना चौधरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष डिल्लीबहादुर डाँगीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अबसरमा विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, रणसिहदल गण घोराहिका प्रमुख रबिन्द्र महर्जन, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्ल, शसस्त्र प्रहरी बल तुलसीपुरका प्रमुख अशोक अधिकारीलगायतको उपस्थिती रहेको थियो । जिल्ला सदस्य नोखी रावतको स्वागत रहेको कार्यक्रमको संचालन समितिका कोषाध्यक्ष धु्रव आचार्यले गरेका थिए । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा जिल्लामा रहेका १० पालिका स्तरका रनिङ शिल्डमा प्रथम, दोस्रो स्थान हाँसिल गरेका सामुदायिक तथा नीजि विद्यालयका छात्र, छात्रा बिच प्रतिस्पर्धा हुने छ ।

यसैबिच आज सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक तर्फ १०० मिटर छात्र जनप्रीय बोर्डिङ स्कुलका सुजल डागी प्रथम, अमृत बिद्या मन्दिरका अनिश खड्का दोस्रो र नेपाल पुलिस स्कुल घोराहीका अनिश चौधरी तृतिय भए । त्यस्तै छात्रा तर्फ गोरक्षरत्न मावि घोराहीका गरिमा चौधरि प्रथम, नेपाल पुलिस स्कुल घोराहीका कबिता गौतम दोस्रो र मावि तुलसीपुर सेन्टरका रितु राना तृरिय भए । त्यसैगरी २०० मिटर छात्र दौड तर्फ जनप्रिय बोर्डिङ स्कुलका सुजल डाँगी प्रथम, गोरखा मावि घोराहीका अजित चौधरी दोस्रो र नेपाल पुलिसका अनिश चौधरी तृतिय भए ।

त्यस्तै छात्रा तर्फ आदर्श माबी देउपुरकी निरमाया चौधरी प्रथम, गोरक्षरत्न माबी घोराहीका गरिमा चौधरी गरिमा चौधरी दोस्रो र गोरखा मावि तुलसीपुरकी धवनी नेपाली तृतिय भए । त्यस्तै १५०० मिटर छात्र सृजना बाल्बाटिकाका सन्तोष चौधरी प्रथम, ज्ञानसिन्दु घोराहीका सुमन बुढा दोस्रो र जनकल्याण मावि सिमसुन्दरपुरका कमल कठायत तृतिय भए । त्यस्तै छात्रा तर्फ गोरखा मावि तुलसीपुरका मोतिकला डाँगी प्रथम, गोरखा घोराहीका सिमा झाक्री दोस्रो र मावि पदमपुरकी अन्जु वलि तृतिय भए । एण्ड फिल्ड ईभेन्ट्स सटपट छात्र तर्फ जनश्रम मावि खाद्रेका सुनिल खड्का प्रथम, रोजी वर्डस लमहीका भिमेश्वर चौधरी दोस्रो, र नेपाल राष्ट्रिय माविका नवीन केसी तृतिय भए ।

त्यस्तै छात्रा तर्फ विपि मावि बयालेका आरती राना प्रथम, सिद्ध पृथ्वी मावि श्रीगाउँका माया घर्ती दोस्रो र ग्रेट अरनीको मावि तुलसीपुरका सिन्दु चन्द तृतिय भएको प्रतियोगीता सचिवालय सदस्य टेवल टेनिसका सहायक प्रशिक्षक बालकृष्ण शाहले जानकारी दिए । प्रतियोगीता अन्तरगत भोली शनिबार एथलेटिक्स, भलिबल, कबडी, कराते र तेक्वान्दो खेलहरु हुनेछन् । खेल विहान साढे सात बजे बाट सुरु हुने आयोजक दाङ जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस