एसएसएफए र टरिगाउँ सेमिफाइनलमा

तुलसीपुर । दाङ तुलसीपुरको अरनिको सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ मा स्पोट्र्स स्कुल फुटबल एकाडेमी तुलसीपुर र टरिगाउँ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिता अन्तरगत आज बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा फोरब्रदर्स नवलपरासीलाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै स्पोट्र्स स्कुल फुटबल एकाडेमीले सेमिफाइनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको ८औ मिनेटमा स्पोट्र्स स्कुल फुटबल एकाडेमिका जर्सी नं. ११ का मनराज बाठाले पहिलो गोल गर्दै पहिलो हाफ्को समाप्तिमा टिमलाई एक शुन्यको अग्रता दिलाए । त्यस्तै जर्सी नं. १० का बिनोद केसीले दोस्रो हाफ्को ७औं मिनेट गोल गरे । उता आफ्ना थुप्रै गोल गर्ने सुनौलो अवसर गुमाएको फोरब्रदर्स नवलपरासीका जर्सी नं. ७ निशान्त थारुले दोस्रो हाफ्को १३औ मिनेटमा जवाफी गोल गर्दा स्पोट्र्स स्कुलका जर्सी नं. ११ का मनराज बाठाले खेलको ९०आंै मिनेटमा थप एक गोल गर्दै टिमलाई ३÷१ को जित दिलाउन सफल भए ।
त्यस्तै बडहरा फुटबल क्लव घोराहीलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै टरिगाउँले सेमिफाइनल यात्रा तय गरेको हो । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा भोलि बिहीबार ज्ञानज्योती इनोभेटिभ तुलसीपुर र युएनबिसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वाेत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वाेउत्कृट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएकोछ ।