सर्वाधिक पुरस्कार रासीको दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको तयारी अन्तिम चरणमा

तुलसीपुर । दाङ तुलसीपुर अरनिको मैदानमा हुने दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ नजिकिदै गर्दा तयारी अन्तिम चरणमा पुगेको छ ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालन हुने प्रतियोगितालाई भब्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन आयोजकले प्रतियोगितामा आवश्यक पर्ने सबै प्रकारका तयारीलाई तिव्र पार्दै तयारी अन्तिम चरणमा आईपुगेको फाउन्डेसनका अध्यक्ष पोखर सिह डाँगीले जानकारी दिए ।

प्रतियोगिता आउन दुई दिन बाँकी रहदा तयारी अन्तिम चरणमा पु¥याएका छौं आज खेलमैदान मर्मत र सरसफाई गरिएकोछ प्रतियोगितामा सहभागी हुने आठ टिमको खेल तालिका प्रकाशित लगायतका कामहरु सकिएका छन अध्यक्ष डाँगीले भने ।

पहिलो संस्करण भब्य रुपमा सम्पन्न गरेको फाउन्डेसन दोस्रो संस्करणलाई थप सार्थक बनाउने प्रयास रहेकोछ । यतिबेला प्रतियोगिताको प्रचार÷प्रसार, आर्थिक व्यवस्थापन, आमन्त्रित टिमको आवास तथा भोजन व्यवस्थापन, आतिथ्य संस्कार लगायतका पक्षमा सशक्त लागि परेको फाउन्डेसनका सचिव केशव चौधरी मिग्माले जानकारी दिए ।

२०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा गत वर्ष देखि स्मृति कप फुटबल हुँदै आएको सचिव चौधरीले जानकारी दिए । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ ।

जसमध्ये छिमेकी राष्ट्र भारत को साहारा क्लब लखनऊ, जिल्ला भन्दा बाहिरको एक क्लब र जिल्ला भित्रका ६ क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वाेत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वाेउत्कृट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्र्फि र प्रमाणपत्र हात पार्ने छन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस