तुलसीपुर ११ गर्भवतीको घरमै पुगेर चेकजाँच

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको उरहरी स्वास्थ्य चौकी बेलटाकुराले अब गर्भवतीको चेकजाँच घरमै पुगेर गर्ने भएको छ । ९ महिना पुगेका गर्भवतीको स्वास्थ्यकर्मीको टोली घरमा पुगेर चेकजाँच गरेको हो ।
अन्तीम पटकको चाज गर्न स्वास्थ्य संस्थासम्म पुग्न असहज हुने भएकोले सहजताको लागि यो कदम चालिएको वडाध्यक्ष तथा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष मानबहादुर रावतले जानकारी दिए । गर्भवतिले अन्तिम पटकको गर्भजाच नगराउँदा अनाहमा दुख पाउने गरेको हँुदा ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेकोरावतले बताए । बच्चा र आमाको स्वास्थ्यलाई मध्यनजर गरि वडाबाट यसको सुरुवात गरिएको हो ।
अव अन्तीम पटकको चेकजाच गर्न स्वास्थ्यकर्मीको टोली हरेक गर्भवतीको घर घरमा पुग्ने छन् । वडा कार्र्यालयले यसका लागि आगामी बर्षदेखि बजेट समेत विनियोजन गर्ने छ । वडामा एक बर्षमा सुत्केरी हुने महिलाको संख्या १ सय ८० को हाराहारीमा रहेको स्वास्थ्य चौकीका ईन्चार्ज चित्रबहादुर वलीले बताएका छन ।
यसका साथै श्वास्थ्य संस्थामा सुत्केरी हुनका लागि बर्थिङ सेण्टरलाई ब्यवस्थित गर्न समेत वडा कार्यालय लागि परेको छ । वडा कार्यालय तथा विभिन्न निकायको पहलमा ब्यवस्थित बेड निर्माण गरिने भएको छ ।
विभिन्न जनमुखी कार्य गर्दै आएको वडाले यसअघि निःशुल्क निवेदन तथा फोटोकपी, कुखुरा ब्यवसायी र घोडा ब्यवसायलाई प्रोत्साहनको लागि अनुदान वितरण्ण गरिसकेको छ । यसैगरी बेरोजगारको लागि जग्गा लिजमा लिई श्रममा जोड्ने र भैसी फर्मको लागि अुनदानको कार्यक्रम समेत अघि सारेको छ ।