गुरुकुल एकेडेमिको समुहगत क्रिकेट प्रतियोगिता सम्पन्न : उपाधि रुवि समुहको पोल्टामा

दाङ । स्थापनाकालको ८ बर्ष पुरा गरेको गुरुकुल एकेडेमिले बार्षिक उत्सवको अवर पारेर गरीएका बिभिन्न प्रतियोगिता हरुमध्ये क्रीकेट प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि रुबि सुमहले उचालेको छ । प्रतियोगिता हिजोबाट सुरु भएको थियो ।

समुहगत रुपमा संचालन भएको प्रतियोगिताको उद्याटन खेलमा रुवि समुह बिजयि भएको थियो । रुवि समुह र टोप्याज समुह बिच भएको प्रतियोगितामा रुवि समुहले बिजयि सुरुवात गरेको थियो । समुहका कप्तान राजिव डाँगिले शानदार रुपमा ४३ रन बनाएका थिय । उनले २ विकेट लिदै ४३ रन बनाएका हुन । टस जितेर ब्याटिङ गरेको रुविले टोप्याज समुहलाई पराजित गरेको हो ।

टोप्याज समहुले ४४ रन लिदै पराजित भएको हो । त्यस्तै आज भएको दास्रो खेलमा एमरल्डले जित हासिल गरेको छ । एमरल्ड र सफाएर बिच भएको खेलमा ४९ रन लिदै अलआउट भएर पराजित भएको हो । एमरल्डले १०३ रन लिएको हो । जसमा समर भट्राइले २९ रन बनाएका थिय र सिसिर गोतामेले ६ विकेट लिएर म्यान अफ द म्याच घोषित भएका हुन । यस्तै प्रतियोगिताको फाइनल खेल पनि आजै भएको थियो । पहिलो गेम बिजेता रुवि समुह र दास्रो गेम बिजता एमरल्ड समुह बिच फाइनल खेल भएको हो ।

जसमा रुवि समुह बिजेता भएको छ । पहिलो ब्याटिङ गर्दै रुवि समुहले १२७ रन टार्गेट राखेका थिए । जसमा समुह कप्तान राजिव डाँगिले ५० रन बनाउदै आफ्नो उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । १२७ रनको लक्ष पछ्याउदै एमरल्ड समुहले ६४ रन लिदै अल आउट भएको थियो । फाइनल प्रतियोगिताका म्यान अफ द म्याच राजिव डाँगिले ५० रन बनाउदै ३ विकेट लिन सफल भएको बिद्यालयका क्रिकेट कोच तथा अनुशासन प्रमुख वाङ्गदी भूटियाले जानकारी दिनुभयो । प्रतियोगिता ४ समुहबिच भएको थियो । जसको निर्णायकमा अबिशेक चौधरी र लक्कि कार्कि रहेका थिए भने स्कोररमा किसन भारति रहेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस