लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउँछौँ : मन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउने कार्यमा सरकार लागि परेको भन्दै उनले प्रदेशबासीलाई सुन्दर राजधानी प्रदान गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । मानवअधिकार एलायन्सको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सो कुरा बताएका हुन् । मानव अधिकारको रक्षाका लागि लुम्बिनी प्रदेश सरकार सदैव लागि पर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री आचार्यले प्रदेशको राजधानी निर्णय कार्यान्वयन सुरु गरेको भन्दै मन्त्री आचार्यले निकट भविष्यमै लुम्बिनी प्रदेशलाई सफल प्रदेश बनाउने बताए । प्रदेश सरकारको विषयलाई लिएर भ्रम पैदा गर्ने क्रम सुरु भएको भन्दै मन्त्री आचार्यले प्रदेश सरकारको सहयोगी बन्न सबैलाई आग्रह गरेका छन् । ‘हामीले प्रदेश राजधानीको निर्णयलाई शुन्यबाट सुरु गरेका छौं । मन्त्री आचार्यले पूर्वाधार अभावका बीचबाट हामीले सरकारका गतिविधि अगाडि बढाएका छौं’, मन्त्री आचार्यले भने, ‘यहाँका सरोकारवालाहरुको सहयोग प्रदेश सरकारका लागि अत्यन्तै महत्वपूर्ण रहेको छ । प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने बेला कुनै पक्षबाट भ्रम पैदा गर्ने कार्य पनि भएको छ । यसलाई रोक्नतर्फ लाग्न सबैलाई आग्रह गर्दछौं मन्त्री आचार्यले भने ।

यस्तै मन्त्री आचार्यले मानव अधिकारको रक्षाका लागि लुम्बिनी प्रदेश सरकार सदैव लागि पर्ने बताए । उनले मानवअधिकार बिरोधी कुनैपनि गतिविधि प्रदेश सरकारबाट नहुने विश्वास व्यक्त गरेका छन् । उनले राज्यपक्षबाट मानवअधिकार हननका घटना घट्ने गरेको पाइने भन्दै मन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार यस तर्फ सजग रहने बताए ।

मानवअधिकार एलायन्सले उठाएका मुद्दामा प्रदेश सरकारको सहकार्य रहने बताउँदै मन्त्री आचार्यले सबै संघसंस्थाको सहकार्य र हालेमालोबाट नै लुम्बिनी प्रदेशलाई मानव अधिकारमैत्री प्रदेश बनाउनतर्फ लागिपर्ने बताए । उनले राज्य पक्षबाट नै बेलाबेलामा मानवअधिकार हननका घटना भइरहेका हुन्छन् । हामी यसतर्फ सचेत रहनेछौं’, ‘प्रदेशमा क्रियाशील संघसंस्थासँगको सहकार्यमा लुम्बिनी प्रदेशलाई मानवअधिकारमैत्री प्रदेश बनाउने छौं मन्त्री आचार्यले भने ।’

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस