डिभाईनले ग¥यो साफ च्याम्पियन पदकधारी खेलाडीलाई सम्मान

दाङ । डिभाईन टेम्पल एकाडेमी तुलसीपुरले नेपाललाई साफ च्याम्पियनसिप U-15 महिला फुटबलको उपाधी दिलाउने पदकधारी खेलाडीहरुलाई सम्मान गरेको छ । स्थापना कालदेखि शिक्षासँगै खेलकुदलाई उच्च प्राथमिकतामा राखेको विद्यालयले लक्ष्य र उद्देश्य अनुरुप विद्यालयमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विद्यालय र सिङ्गो जिल्लाको सान र गौरवलाई उच्च बनाएको भन्दै राष्ट्रलाई उपाधी दिलाउने विद्यालयमा अध्ययनरत राधिका वली र तुलसीपुर निवासी अञ्जना पुन मगरलाई सम्मान गरेको हो ।

उनीहरुले बाङ्लादेशमा भर्खरै सम्पन्न साफ च्याम्पियनसिप U-15 महिला फुटबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै शानदार प्रदर्शन गरेका उनीहरु जनही साढे सात पाँच लाख पुरस्कार प्राप्त गर्न सफल भएका थिए । विद्यालयले नेपाललाई उपाधी दिलाएर फर्केका दाङका दुई खेलाडीहरु राधिका वलि र अन्जना पुन मगर त्यस्तै ९औं राष्ट्रिय खेलकुद अन्तरगर फुटबल प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै सहभागी भएकी संगिता विक, दीपा पुन मगर, जुना छिनाल, टिका केसी प्रशिक्षक सुधिर गुरुङलाई एक साथ गाडिमा राखेर बाजागाजासहित भब्य स्वागत गर्दै तुलसीपुरको बजार परिक्रमा सहित बाहिनी चौकमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी नेशनल प्याब्सनका केन्द्रीय सहअध्यक्ष सुवास न्यौपानेले विद्यालयले शिक्षासंगै खेल क्षेत्रमा पनि अब्बलता हाँसिल गर्नुपर्ने बताए । खेल क्षेत्र राष्ट्रको गौरव अनि शान हो मुलुकलाई विश्वभर चिनाउने एक मात्र दरिलो माध्यम पनि खेल क्षेत्रनै हो यसर्थ सिङ्गो खेल क्षेत्रमा राज्यको लगानी र खेलाडीलाई उचित सम्मान गर्नुपर्ने बताए ।

“हाम्रा विद्यार्थीहरु साफ गेम खेलेर फर्केपछि हामी थप उत्साहित भएका छौं, हाम्रा उत्पादनहरु देशको प्रतिनिधित्व गर्ने साफ गेम खेल्न सफल हुनु हाम्रालागि गर्वको कुरा हो”, विद्यालयका संस्थापक निर्देशक भोजराज न्यौपानेले भने “हामी किताबी ज्ञान मात्रै होईन्, प्रयोगात्मक शिक्षा पनि दिन्छौ, भन्ने कुरा यसले प्रमाणित गरेको छ ।”

कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमाल, एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध डाँगी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यालयका संस्थापक निर्देशक भोजराज न्यौपानेको अध्यक्षतामा भएको थियो । विद्यालयका शिक्षक आकाश सिंहको स्वागत रहेको कर्यक्रमको सहजीकरण प्रिन्सिपल कुलानन्द अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस