व्यवस्था अनुरुपको अवस्था फेर्न मेरो उम्मेदवारी हो : शर्मा

वि.सं. २०४७ सालमा सशस्त्र जनयुद्धमा भूमिगत भई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएकी रेखा संसदीय निर्वाचनमा पहिलो पटक दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार बन्नुभएको छ । २०७२ साल समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बन्नुभएकी शर्माले २०७२ सालमा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीसँगै संविधानसभामा नेकपा माओवादी केन्द्रको सचेतक समेत बन्नुभएको थियो । संसदीय गतिविधि र संविधान निर्माण फ्रक्रियामा सक्रिय सांसदका रुपमा परिचित शर्मा यही मंसिर ५ गते हुन गइरहेको निर्वाचनको मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । शर्मासँग गरिएको कुराकानी सारसंक्षेपमा यहाँ प्रस्तुत छ । – सम्पादक
तपाईको चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियान कस्तो चलिरहेको छ ?
धन्यवाद, आगामी मंसिर ५ गते हुने प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. २ सत्ता गठबन्धनको साझा म उम्मेदवार बनेकी छु । अहिले हामी गठबन्धनको साझा चुनावी एजेण्डासहित चुनावी मतदाताको घरदैलोमा पुगिरहेका छौं । घरदैलो अभियानकै रुपमा चलेको छ । जुन अभियान अन्तर्गत मतदाताका कुरा सुन्ने हाम्रा एजेण्डा मतदातालाई सुनाउने क्रम चलिरहेको छ ।
के भन्छन् नि मतदाता ?
चुनावी अभियानका साथ मतदाताका घरदैलोमा उम्मेदवार पुग्दा मतदाताले पोख्ने भनेकै आफ्ना समस्या र विकास अभावका कुरा र दुखेसो हो । गाउँको दुख सुखका कुरा, आफ्नो गाउँ ठाउँको विकास खोज्छन् मतदाताले । हामीले जति गर्न सकेको छौ, त्यसमा अझ राम्रो काम गर्न भन्छन् । ठ्याक्कै भन्नुपर्दा विकास मतदातालाई चाहिएको छ । निर्वाचनको सरगर्मी बढेसँगै मतदाताहरु उत्साहित देखिनु भएको छ । दाङ निर्वाचन क्षेत्र नं. २ मा ३ स्थानीय तहको २७ वटा वडाहरु रहेका छन् । म अहिले २७ वटै वडाहरुमा पुगिसकेको छ । एक चरणको भेटघाट सकिसकेको छ । भेटघाटका क्रममा मैले सोचे अनुरुपकै प्रतिक्रिया मतदाताबाट पाएको छु । मतदाताहरुमा वैचारिक आस्था विचार रहन्छ नै तर प्रतिपक्ष दलमा आस्था विचार राख्नेहरुले भेटघाटका क्रममा संविधान रक्षा प्रतिगमन पक्षमा होईन अग्रगमनको पक्षमा मतदान गर्छौ भन्ने समेतको कुरा राख्नु हुन्छ ।
मतदाताका कुरा सुनाउदा पाँच दलीय गठबन्धनको पोल्टामा पर्छ आगामी मंसिर ४ ?
निर्वाचनको मत परिणाम कहाँ पर्छ भन्ने गणितीय हिसाव किताब गरेर अहिले ठ्याक्कै भन्न सकिदैन । मतभारका हिसावले सत्ता गठबन्धन नै प्रतिस्पर्धीभन्दा अघि देखिन्छ । मतदाताहरुको लहरका हिसाबले हेर्दा हामीले जित्छौ यसको कुनै शंका छैन । एजेण्डाका हिसाबले पनि हामीले जितेका छौं । मतदाताहरुले बुझेको कुरा के छ भने संविधान रक्षाका लागि गठबन्धन जन्म भएको हो । अधिकार नै गुम्ने खतरामा परे पछि जनता सजक भएको देखिन्छ । अब रह्यो कुरा जित हारको त्यो मंसिर ४ कुर्नपर्ने छ ।
गठबन्धनको साझा उम्मेदवारकारुपमा तपाईको चुनावी एजेण्डा के—कस्ता छन् ? ती एजेण्डाहरु निर्वाचन पछि पुरा हुन्छन भन्ने विश्वासका आधार के ?
हाम्रो पहिलो एजेण्डा नै संविधानको रक्षा हो । हामीले लामो राजनीतिक संघर्ष पछि प्राप्ती गरेको संघीय लोकतन्त्र गणतन्त्र प्रतिगमनकारीका कारण खतरामा परेको थियो । मैले चाहेको कुरा अब मुलुकको राजनीति आन्दोलनको अन्त्य गर्ने समृद्धिको नयाँ यात्रा तय गर्ने हो । यो राजनीतिक एजेण्डा विषयको हो । यो कुरा सामान्यरुपमा सबै जनताले बुझिसकेका छन् । हाम्रा जनताको जीवन स्तरसँग जोडिएका देख्दा सामान्य तर त्यसको भोगाई र पीडा धेरै त्यस्ता योजना एजेण्डाहरु छन् । व्यवस्था अनुरुपको नागरिक जीवन स्तर अझै फेरिन सकेको छैन । अझै वस्ती वस्तीमा खानेपानी, सिचाई, बाटो, नाला, विद्युत, पोल लगायत विकास निर्माणको अभावको समस्या छन् । ती कुरा देखा सामान्य देखिन्छ । तर त्यसको प्रभाव निकै गहिरो र गम्भीर बनिरहेको छ । हामीले गर्न सक्ने काम जो जनताको दैनिकसँग जोडिएको त्यो काम गर्ने बोलिरहेका छौं । यहाँ किसानको खेतमा सिचाईका पानी छैन, नाला छैन, अर्न्तराष्ट्रिय स्तरको विमानस्थलका कुरा गरिरहेका छौं । भएको विमानस्थलको स्तरोन्नती गर्न सकेका छैनौ अर्न्तराष्ट्रिय स्तरका गफ दिन्छौं । हामीले बुझेको कुरा के हो भने जनताको दैनिक जनजीविका कसरी सुधार गर्न सकिन्छ त्यो कुरामा प्रधान मानेका छौं ।
अर्को कुरा अलपत्र परेको सडक पूर्वाधार निर्माण तत्काल सुचारु गर्ने, लमही तुलसीपुर फोरलेन कम्तिमा २ वर्षमा पुरा गर्ने काम गर्ने हो । भने माडी डाइभर्सनका कुरा तत्कालीन मुख्यमन्त्री मेरा प्रतिस्पर्धी शंकर पोख्रेल मुख्यमन्त्री हुँदा कुनै काम हुन सकेन । जसले दाङका कृषि क्षेत्रको विकास प्रचुर सहयोग पुर्याउँछ भन्ने कृषि उत्पादनलाई दाङ आत्मनिर्भर बनाउँदै दाङलाई आर्थिकरुपमा सबल बनाउने छ । त्यो कुरा पनि कुरा भयो । काम भएन जसका माडी डाइभर्सनका काम हामीले नै सुचारु गर्ने छौं । अर्को कुरा के हो भने जनताले अनुभूत गर्ने देखिने गरी , जनताको जीवन स्तर फेरिने गरी काम गर्ने छौं । पुरा गर्ने प्रय पनि लिएका छौं । त्यो कुरा हामीले काम गरेर देखाउछौ । गठबन्धनले सबै उम्मेदवार जिते हामी गर्ने ठाउँमा हुने छौं । यदि कही कतै केही भएमा निरन्तर पहलकर्ता भूमिका जनताको साथमा रहेर गर्नेछौं ।
तपाई नेकपा एमालेका महासचिव प्रदेशको संस्थापक मुख्यमन्त्रीसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ? ‘हेभिवेट’ कुरा पनि मतदाताले गर्छन नि ? अझ त्यसमा महिला हुनुहुन्छ उहाँ पनि भन्छन । के यो लाई कसरी लिनुभएको छ ?
हेविवेट कस्लाई भन्ने पद वा प्रपिष्ठालाई चुनाव लड्ने एजेण्डाले हो । पद होइन यो कुरा आम मतदाताहरुले बुझ्नुभएको छ । हामीले लिएका एजेण्डा जनताको पक्षमा छन् । राष्ट्रियता पक्षमा छ । समृद्धि र विकास पक्षमा छन् । पदले निर्वाचन जित्ने भए कयौ पटक मन्त्री भएका व्यक्तिले पनि निर्वाचनमा पराजय हुनु परेको छ । स्वयम मेरो प्रतिस्पर्धीले तत्कालीन समयमा दाङ क्षेन नं. ३ बाट निर्वाचनमा पराजय व्यहोर्न भएको हो । त्यतिबेला पनि पदका हिसावले उहाँ उच्च स्थानमा हुनुहुन्थ्यो । एजेण्डाका हिसावले हामी नै अग्रस्थानमा छौं । पदका हिसावले निर्वाचन जित्न सकिन्छ भन्ने भ्रममा मात्रै हो । अब कुरा रह्यो महिलाको आज म जहाँ छु त्यो हामीले प्राप्त गरेको अधिकार दिएको हो । म उम्मेद्वारका रुपमा रहदै गर्दा दाङवासी महिला दिदि बहिनीहरु निकै उत्साहित बन्नुभएको छ । एउटा उदाहरण जनयुद्ध जनआन्दोलनमा महिलाहरु बन्दुक र झोला मात्रै बोकेनन् बन्दुक र झोलासँगै आफ्ना बच्च पनि बोकेर हिडेका हौं । कुनै काममा पुरुष असफल भए त्यो व्यक्ति मात्रै असफल हुन्छ । तर महिला असफल भए व्यक्ति हुदैन सिङ्गै महिला नै असफल भएको आरोप लगाईन्छ । तर अहिले म महिला हुँ म महिलाको पक्षमा निरन्तर संघर्ष गर्दै आए । त्यो कुरा आम मतदाताहरुलाई जानकार हुनुहुन्छ । म महिला भएकै कारण मैले महिला दिदी बहिनीहरुलाई के अनुरोध गर्छु भने महिला समस्या महिलाले बुझेका हुन्छन । मैले दिदी बहिनीहरुको हरेक समस्याहरु साक्षात्कार छु । जसका कारण अहिले उम्मेदवार म भए पनि हरेक दिदी आफू उम्मेदवार बनेझै महसुस गरिरहनुभएको छ ।
अन्त्यमा मतदाताहरुलाई केही भन्नु छ की ?
अन्त्यमा के भन्छु भने हामी राजनीतिक आन्दोलन २००७ सालदेखि गर्दै आइरहेको छौं । जब मुलुक राजनीतिक स्थायित्व पाउछ तब मात्रै समृद्धिको यात्रा प्राप्त गर्न सक्छ । हामीले मुलुकलाई समृद्ध तर्फ लौजनु पर्नेछ । जनतादेखि गाउँ, वस्ती सबैका मुहार फेर्न छ । यो निर्वाचन व्यक्ति चुनिने निर्वाचन होईन । प्राप्त अधिकारको रक्षा गर्ने र नगर्ने बीचको युद्ध हो । आममतदाताहरुले मंसिर ४ मा अग्रगमनको पक्षमा मत हालेर प्रतिगमनलाई पाखा लगाउने हुनेछ भन्ने विश्वास लिएको छु ।